सुदूरपश्चिम सरकारले ५३ जनालाई एमबीबीएस पढाउदै, ९ ले चैतबाट सेवा दिने

Wednesday January 28, 2026

पढ्न लाग्ने समय :


धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले ५३ जनालाई चिकित्सा शिक्षा अध्ययन गर्न छात्रवृत्ति प्रदान गरेको छ।

सामाजिक विकास मन्त्रालय मार्फत ६ आर्थिक वर्षमा ५३ जनालाई छात्रवृत्ति प्रदान गरिएको हो।

सामाजिक विकास मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख डाक्टर चेतराज जोशीले चालु आर्थिक वर्षसम्ममा ५३ जनालाई छात्रवृत्ति प्रदान गरिएको बताए। उनले भने, ‘चैतमा पहिलो व्याज आउछ। नौ जनाको समूह आउछ। हामीले कार्यविधि बनाउदैछौ। प्रदेश सरकार मातहतका अस्पतालहरूमा सेवा दिनुहुन्छ। हामी पारिश्रमिक दिन्छौ।’

सामाजिक विकास मन्त्रालयले चैत महिनामा नौ जना छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकहरू तयार हुने बताएको छ। उनीहरूले प्रदेश सरकार मातहतका अस्पतालहरुमा सेवा दिनेछन्। हिमाली, पहाडी तथा तराइ क्षेत्रका अस्पतालहरूमा छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकहरूले सेवा दिने डाक्टर जोशीले बताए। उनले भने, ‘हाम्रो महत्वपूर्ण कार्यक्रम हो। हालसम्म ५३ जनालाई छात्रवृत्ति दिएका छौ। एमबीबीएस पढ्न लाग्ने खर्च हामीले दिने हो।’

सुदूरपश्चिमका दलित, आदिवासी जनजाति, सीमान्तकृत, लोपोन्मुख समुदाय, पिछडिए क्षेत्रका जेहनदार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरेको छ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।