सुदूरपश्चिम विश्वविद्यालय : चौथो दीक्षान्त समारोहका लागि आवेदन खुला

Wednesday January 31, 2024

पढ्न लाग्ने समय :


काठमाडौँ । सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले चौथो दीक्षान्त समारोह २०८० का लागि आवेदन खुला गरेको छ । २०७९ साल मंसिरदेखि २०८० माघ १५ गतेसम्म उत्तीर्ण गरेका स्नातक तहदेखि स्नातकोत्तर तहसम्मका विद्यार्थीलाई आवेदन आह्वान गरेको हो ।

सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरूले आवेदन दिन पाउनेछन्। आवेदन फाराम भरिसकेपछि मात्र दीक्षान्त समारोहमा सहभागी हुनका लागि दीक्षान्त शुल्क तथा गाउन/स्कार्फ/टोपीको धरौटीबापतको शुल्क परीक्षा नियन्त्रण कार्यालयको बैंक खातामा जम्मा गर्नुपर्नेछ।

दीक्षान्त शुल्क स्नातकका लागि १ हजार पाँच सय र स्नातकोत्तर तथा एम.फिलका लागि २/२ हजार तोकिएको छ। दीक्षान्त समारोहको विस्तृत जानकारी पछि प्रकाशन हुने विश्वविद्यालयले जनाएको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।