सुदूरपश्चिम विश्वविद्यालयमा आजदेखि तीनदिने फिल्म फेस्टिभल

Friday April 28, 2023

पढ्न लाग्ने समय :


कैलाली । आजदेखि सुदूरपश्चिम विश्वविद्यालयमा फिल्म फेस्टिभल हुने भएको छ । नेपाल युरोपियन फिल्म फेस्टिभल, २०२३ को १२औँ संस्करणअन्तर्गत पहिलो चरणको फेस्टिभल सुदूरपश्चिम विश्वविद्यालयमा हुन लागेको हो ।

नेपालस्थित द डेलिगेसन अफ युरोपियन युनियन नेपालले शुक्रबारदेखि तीन दिनसम्म महोत्वस हुन लागेको जानकारी दिएको छ । नेपाल युरोपियनका उपराजदूत डा जोलीले फिल्म महोत्सवमा युरोपका आठ र नेपाली युवा फिल्मकर्मीले निर्माण गरेका लघुफिल्म प्रदर्शन गरिने बताए ।

‘महोत्सवमा मानवअधिकार प्रवर्द्धनमा फिल्मको भूमिका चलचित्रलाई कसरी बुझ्ने शीर्षकमा अन्तक्र्रियात्मक छलफल हुनेछ’, डा जोलीले भने, ‘यसको उद्देश्य आम मानिसमा उनीहरूको अधिकारका बारेमा सचेतना अभिवृद्धि गर्ने रहेको छ ।’ उनले महोत्सवमा निःशुल्क सहभागी जोसुकैले हेर्न पाउने बताए ।

सुदूरपश्चिम विश्वविद्यालय कानून सङ्कायका डीन कर्ण थापाले मानवअधिकारसँग चलचित्र भएकाले विश्वविद्यालयले सहकार्य गरेको बताए । ‘विश्वविद्यालयले सहकार्य गरेर यस्ता कार्यक्रम गरिनैराखेको हुन्छ’, उनले भने, ‘हामीले विश्वविद्यालयमा पढाउने कुरा पनि यही नै भएकाले सहकार्य गरेर महोत्सव आयोजना गर्न लागेका हौँ ।

उनले महोत्सवमा सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी सहभागी हुने बताए । महोत्सवमा एनी डे नाउ, अरसटी रिहानीले निर्देशन गरेको अस्कर एन्ड लिली (अष्ट्रिया), एण्ड्री बाग्नेले निर्देशन गरेको रमोना (स्पेन), दोनातो रोतुनले निर्देशन गरेको इयो स्टबने (लक्जेम्बर्ग, बेल्जियम, जर्मनी र इटली), जहाभी सन्जभीले निर्देशन गरेको इमादज चाइल्डहुड (स्वीडेन, लाटभिया, इराक) प्रदर्शन हुनेछन् ।

त्यस्तै इग्नस जोनसको निर्देशन रहेको इनभिजिवल (लिथुअनिया, लाटभिया, युक्रेन, स्पेन), डेभिड फ्रेनको निर्देशन रहेको डेटिङ अम्बर (आयरल्यान्ड, युके) र डेभिड फ्रेनले निर्देशन गरेको मित्र (नेदरल्यान्डस्) प्रदर्शन हुनेछ भने टोनी ह्यागेन फाउन्डेसनको आर्थिक सहायतामा निर्माण भएका नेपाली फिल्म पनि प्रदर्शन गरिनेछ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।