सुदूरपश्चिम प्रहरी प्रमुख रानाको सरुवा
पढ्न लाग्ने समय :
काठमाडौं : नेपाल प्रहरीका चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा गरिएको छ । गृह मन्त्रालयले गरेको निर्णयअनुसार विभिन्न प्रदेश तथा विभागमा उनीहरूको जिम्मेवारी हेरफेर गरिएको हो ।
सरुवा सूचीअनुसार सानुराम भट्टराईलाई सुदूरपश्चिम प्रदेशमा, ओम अधिकारीलाई मधेस प्रदेशमा र गोविन्द थपलियालाई उपत्यका प्रहरी कार्यालयमा खटाइएको छ ।
त्यस्तै, ओम रानालाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ । राना सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रमुख रहेका थिए । सुदूरपश्चिममा प्रदेश प्रहरी प्मुखको रुपमा भट्टराई आउने भएका छन्।