सुदूरपश्चिम प्रदेश सरकारले मध्यराति ल्यायो ३७ अर्ब ७० करोड बजेट

Tuesday June 16, 2026

पढ्न लाग्ने समय :


धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि चालु आर्थिक वर्षको तुलनामा बढाएर बजेट ल्याएको छ ।
आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले सोमबवार मध्यराति प्रदेश सभामा ३७ अर्ब ७० करोड रुपियाँको बजेट प्रस्तुत गरे । सरकारको यो बजेट हालसम्मकै सबैभन्दा बढी रहेको छ । चालु आर्थिक वर्षको सम्भावित बचत, आन्तरिक राजस्व वृद्धि र प्राकृतिक स्रोतबाट प्राप्त हुने आम्दानीलाई आधार बनाएर बजेटको आकार बढाएको जनाइएको छ ।
प्रदेश सरकारले बजेट सार्वजनिक गर्नका लागि सुरुमा दिनको पाँच बजे प्रदेश सभाको बैठक बोलाइएको थियो। तर सत्तारूढ दल नेकपा ९एमाले० ले सिफारिस गरेका आयोजना, प्रदेश सभा सदस्यका क्षेत्रगत योजना र मन्त्रालयगत बजेट व्यवस्थापनका विषयमा असहमति जनाएपछि बैठक राति सारिएको थियो । प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टीले भने मध्यराति बजेट प्रस्तुत गर्नु परेका कारण खोजी गर्दै सभाको बैठक बहिष्कार गरी बाहिरिएको थियो ।

यसअघि पहिलो बजेटका रूपमा प्रदेश सरकारले आर्थिक वर्ष २०७४/७५ मा एक अर्ब दुई करोड पाँच लाखको आंशिक बजेट ल्याएको थियो । यसै गरी आर्थिक वर्ष २०७५/७६ मा २५ अर्ब छ करोड ५६ लाख, आर्थिक वर्ष २०७६/७७ मा २९ अर्ब २३ करोड ३० लाख, आर्थिक वर्ष २०७७/७८ मा ३४ अर्ब ६४ करोड ३९ लाख रुपियाँ यो प्रदेशको बजेट रहेको थियो ।
यस्तै आर्थिक वर्ष २०७८/७९ मा ३१ अर्ब १७ करोड ५६ लाख, आर्थिक वर्ष २०७९/८० मा ३६ अर्ब ३३ करोड ८९ लाख, आर्थिक वर्ष २०८०/८१ मा २९ अर्ब २६ करोड ५९ लाख रुपियाँको बजेट प्रदेश सरकारले ल्याएको थियो । आर्थिक वर्ष २०८१र८२ मा ३१ अर्ब ६२ करोड ९८ लाख रुपियाँ प्रदेश सरकारको बजेट रहेको थियो । सरकारको चालु आर्थिक वर्षको बजेट ३३ अर्ब ४५ करोड ५१ लाख रुपियाँ रहेको छ ।


भर्खर

बैतडीमा प्रधानाध्यापकबाट विद्यार्थी कुटिए, प्रधानाध्यापक प्रहरी नियन्त्रणमा

बैतडीः बैतडीमा आफ्नै विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको पुर्चौंडी

धनगढीमा विद्युतीय सवारी चालक आन्दोलित

धनगढी : धनगढीमा विद्युतीय सवारी चालक आन्दोलित भएका छन्। सुदूरपश्चिम प्रदेशमा ईभी (विद्युतीय सवारी) सञ्चालनमा

कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु

धनगढी : कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु भएको छ भने सहसेनानी घाइते