सुदूरपश्चिम प्रदेश सभाको नयाँ लोगो निर्धारण

Monday April 13, 2026

पढ्न लाग्ने समय :


धनगढी : सुदूरपश्चिम प्रदेश सभाको सदस्यहरूको आधिकारिक पहिचान, मूल्य र सन्देशलाई समेट्ने गरी प्रदेश सभाको नयाँ प्रतीकचिन्ह (लोगो) निर्धारण गरिएको छ । यसअघि भएको लोगोमा रहेको दुई वटा हिमाल हटाएर नयाँ लोगो निर्धारण गरिएको हो । लोगोमा अङ्कित प्रत्येक अङ्कले निश्चित अर्थ बोकेको सभामुख भीमबहादुर भण्डारीले बताए।
लोगो गोलाकार आकृतिमा आधारित रहेको छ । यसमा फिक्का खैरो रङको पृष्ठभूमिमा लोगोको दायाँ र बायाँ भागमा अर्धवृत्ताकार दुई वटा धानका बाला रहेका छन् । लोगोको केन्द्र भागमा रहेको नेपालको नक्सामा सुदूरपश्चिमको भागलाई पहिलो गाढा रङले सङ्केत गरिएको छ । लोगोको अग्र भागमा राष्ट्रिय झन्डा रहेको छ भने लोगोको तल्लो भागमा देवनागरी लिपीमा सुदूरपश्चिम प्रदेश सभा लेखिएको छ ।
सुनौलो रङका दुई वटा धानको बालाले उत्पादनशीलता, समृद्धि र आर्थिक आधारको प्रतीकका रूपमा प्रदेशको कृषि प्रधान चरित्रलाई झल्काउने गरेको सभामुख भण्डारीले बताउनुभयो । यसै गरी लोगोको केन्द्र भागमा राखिएको नेपालको नक्साले राष्ट्रिय अखण्डता र सार्वभौमिकतालाई सङ्केत गरेको जनाइएको छ । नेपालको नक्सालाई हल्का फिक्का रङले देखाइएको छ भने प्रदेशको भाग गाढा रङले अङ्कित गरिएको छ । यसले समग्र राष्ट्रभित्र प्रदेशको स्थानलाई सन्तुलित ढङ्गले देखाउने गरेको जनाइएको छ । नक्साको अग्रभागमा नेपालको राष्ट्रिय झन्डा राखिएको छ । यसले एक राष्ट्रिय गौरव र स्वाभिमानलाई प्रतिनिधित्व गरेको छ । साथै प्रदेश सभा राष्ट्रप्रति उत्तरदायी रहेको सन्देश दिएको छ । यसले सङ्घीय प्रणालीमा राष्ट्रिय एकताको आधारलाई बलियो बनाउने सभामुख भण्डारीले उल्लेख गरे ।
लोगोमा प्रयोग गरिएको रातो रङले साहस, ऊर्जा र राष्ट्रियता, पहेँलो रङले पहिचान, विशेषता र महìव, खैरो फिक्का रङले सन्तुलन एवं पृष्ठभूमिलाई बुझाउने गरेको जनाइएको छ । लोगोको तल्लो भागमा लेखिएको सुदूरपश्चिम प्रदेश सभा लेखावटले संस्थाको आधिकारिक नामलाई प्रष्ट पार्ने गरेको सभामुख भण्डारीले जानकारी दिए। यसले लोगोको औपचारिकता र प्रमाणिकता बढाउने गरेको जनाइएको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।