सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी डिआइजी भट्टराईले सम्हाले

Thursday June 18, 2026

पढ्न लाग्ने समय :


धनगढीः प्रहरी नायव महानिरीक्षक (डिआइजी) सानुराम भट्टराईले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको रूपमा पदभार ग्रहण गरेका छन्।
नेपाल प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग अन्तर्गत कर्मचारी प्रशासन शाखाको २०८३ जेठ २९ गतेको पत्रादेशअनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा सरुवा भई आएका भट्टराईले बुधबार औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहण कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी अधिकृत, महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयका प्रतिनिधि तथा कैलाली र कञ्चनपुरका विभिन्न प्रहरी कार्यालयका प्रमुखसहित अन्य प्रहरी कर्मचारीले उनलाई स्वागत गरेका थिए।
पदभार ग्रहणपछि आयोजित परिचयात्मक कार्यक्रममा डिआइजी भट्टराईले सुदूरपश्चिम प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण तथा प्रहरी जनशक्ति व्यवस्थापनबारे जानकारी लिएका थिए।
उनले मातहतका प्रहरी कर्मचारीलाई अपराध अनुसन्धान र नियन्त्रणलाई प्रभावकारी बनाउने, नागरिक तथा पीडितमैत्री प्रहरी सेवा प्रवाह गर्ने, सुशासन तथा मानवअधिकार संरक्षणलाई प्राथमिकता दिने र प्रहरीको आचरण तथा व्यवहारमा सुधार ल्याउने विषयमा निर्देशन दिएका छन्।
त्यस्तै, लागूऔषध कारोबार, तस्करी, जुवातासलगायत गैरकानुनी गतिविधिविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्दै चुस्त र प्रभावकारी प्रहरी परिचालन गर्न समेत उनले निर्देशन दिएका छन्।


भर्खर

सिरहाको लहान क्षेत्रमा पनि कर्फ्यु, अर्को सूचना नभएसम्म लागू हुने

सिरहाको लहान क्षेत्रमा पनि कर्फ्यु आदेश जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिरहाले बिहीबार दिउँसो

सुनसरी झडप अपडेट: उपचाररत थप एक युवकको मृत्यु, मृतक संख्या दुई पुग्यो

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा गत आइतबार राति भएको झडपमा गोली लागेर घाइते भएका थप एक

सुनसरी गोलीकाण्डबारे राप्रपाप्रमुख सचेतक खुस्बु ओलीको प्रश्न:‘गोली चलाउने आदेश कसले दियो ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले सुनसरीमा भएको गोलीकाण्डबारे सरकारसँग स्पष्ट जवाफ माग