सुनसरी गोलीकाण्डबारे राप्रपाप्रमुख सचेतक खुस्बु ओलीको प्रश्न:‘गोली चलाउने आदेश कसले दियो ?

Thursday July 30, 2026

पढ्न लाग्ने समय :


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले सुनसरीमा भएको गोलीकाण्डबारे सरकारसँग स्पष्ट जवाफ माग गर्दै गोली चलाउने आदेश कसले दिएको हो भन्ने प्रश्न उठाएकी छन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत प्रहरीको गोली लागेर युवकको मृत्यु भएको उल्लेख गरेको भन्दै अनुसन्धान पूरा नहुँदै यस्तो निष्कर्षमा कसरी पुगिएको भन्ने प्रश्न गरिन्।

‘यदि गोली प्रहरीले चलाएको हो भने त्यसको आदेश कसले दियो ? यदि गोली सरकारको नालबाट चलेको हो भने त्यहाँ किन हिन्दु धर्मावलम्बीहरू मात्र घाइते भए ? गोली वास्तवमा कसले चलाएको हो ?’ उनले प्रश्न गरिन्।

ओलीले सत्तारूढ दलका सभापतिले सुनसरीको घटना र अघिल्लो जनआन्दोलनका क्रममा भएको गोलीकाण्ड फरक भएको अभिव्यक्ति दिएको उल्लेख गर्दै घटनाको प्रकृति फरक हुन सक्ने भए पनि राज्यको जवाफदेहिता भने समान हुनुपर्ने बताइन्।

उनले भदौ २३–२४ का घटनामा भएका आदेश र अहिलेका आदेश कुन संयन्त्रबाट हुने गरेको हो भन्ने विषयमा पनि सरकारसँग स्पष्टीकरण माग गरिन्।

ओलीले स्थानीय तहका मेयरले विद्युत् लाइन काटिएपछि गोली चलेको बताएका, प्रमुख जिल्ला अधिकारीले गोली चलाउने अनुमति नदिएको बताएका तथा नेपाल प्रहरीले हवाई फायर मात्र गरिएको जनाएको उल्लेख गर्दै सरकारका निकायबीच परस्परविरोधी अभिव्यक्ति आएको बताइन्।

‘गोली कसले चलायो ? यस्तो परस्परविरोधी अभिव्यक्तिका बीच जनताले कसरी विश्वास गर्ने ?’ उनले भनिन्।

राप्रपाकी प्रमुख सचेतक ओलीले अनुमान र अफवाहका आधारमा नभई निष्पक्ष र विश्वसनीय ढंगबाट सत्य–तथ्य सार्वजनिक गर्न उच्चस्तरीय छानबिन आयोग गठन गरी घटनाको अनुसन्धान गर्न सरकारसँग माग गरिन्।


भर्खर

सुनसरी गोलीकाण्डबारे राप्रपाप्रमुख सचेतक खुस्बु ओलीको प्रश्न:‘गोली चलाउने आदेश कसले दियो ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले सुनसरीमा भएको गोलीकाण्डबारे सरकारसँग स्पष्ट जवाफ माग

सांसद आरेन राईको सरकारलाई चेतावनी : ‘सक्दैन भने प्रधानमन्त्रीले जिम्मेवारी छाड्नुपर्छ’

संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार मुलुकको वर्तमान परिस्थितिप्रति गम्भीर नदेखिएको

आज प्रतिनिधि सभाको बैठक बस्दै

आज प्रतिनिधि सभाको बैठक बस्दैछ । असार ३१ गते बसेपछि दुई साताका लागि स्थगित भएको