सुदूरपश्चिम प्रदेश कार्य सम्पादनमा उत्कृष्ट

Thursday February 12, 2026

पढ्न लाग्ने समय :


धनगढीः सुदूरपश्चिम प्रदेश कार्य सम्पादन मूल्याङ्कनमा लगातार दोस्रो पटक मुलुकमै उत्कृष्ट बनेको छ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार ४५.७० अङ्क प्राप्त गरेर सुदूरपश्चिम देशभरमै उत्कृष्ट प्रदेश बनेको हो। अघिल्लो वर्ष पनि सुदूरपश्चिम प्रदेश कार्य सम्पादन मूल्याङ्कनमा मुलुकमै उत्कृष्ट बनेको थियो। ४४.२९ अङ्क प्राप्त गरेको कोशी र ४२.४६ अङ्क प्राप्त गरेर बागमती प्रदेश क्रमशः दोस्रो र तेस्रो भएका छन्।

आर्थिक वर्ष २०८०/८१ को कुल लेखापरीक्षणबाट औलाएको बेरुजुको अवस्था, प्रदेशले स्थानीय तहलाई प्रदेश कानुन बमोजिम आयोगले तोकेको आधार लागु गरी सशर्त अनुदान प्रदान गरे-नगरेको, आर्थिक वर्ष २०८१/८२ को विनियोजित रकम अनुसार खर्चको अवस्था लगायत ११ वटा सुचकको आधारमा मूल्याङ्कन गरिएको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।