सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको कुलपतिमा नेपाल नियुक्त

Wednesday June 3, 2026

पढ्न लाग्ने समय :


धनगढीः कञ्चनपुरका रामचन्द्र नेपाल सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको कुलपतिमा नियुक्त भएका छन्। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा प्रतिष्ठानका संरक्षक कमलबहादुर शाहले उनलाई कुलपतिमा नियुक्त गरेका हुन्।
यस्तै, प्रतिष्ठानको उपकुलपतिमा कञ्चनपुरकी सरस्वती दाहाल र सदस्य सचिवमा कैलालीका सुरत रावत नियुक्त भएका छन्।
प्रतिष्ठानका सदस्यमा डोटीकी कृष्णा सिराडी र बझाङका विष्णुभक्त खैर नियुक्त भएका छन्। सिफारिस समितिको निर्णयका आधारमा मुख्यमन्त्री शाहले उक्त नियुक्ति गरेका हुन्।
यसअघि प्रतिष्ठानका २२ जना प्रज्ञा सभा सदस्य नियुक्त भइसकेका छन्। नयाँ नेतृत्व चयनसँगै प्रतिष्ठानका संस्थागत गतिविधि तथा भाषा, साहित्य, कला, संस्कृति र अनुसन्धानका क्षेत्रमा हुने कामले थप गति लिने अपेक्षा गरिएको छ।
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको भाषा, साहित्य, कला, संस्कृति तथा बौद्धिक सम्पदाको संरक्षण, प्रवद्र्धन र विकास गर्ने उद्देश्यले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान गठन गरेको हो।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।