सुदूरपश्चिम निर्माण व्यवसायी महासङ्घको नयाँ नेतृत्वका लागि स्वार र ठकुराठीबिच प्रतिस्पर्धा

Friday June 5, 2026

पढ्न लाग्ने समय :


कैलाली: सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासङ्घको १८ औँ वार्षिक साधारण सभा तथा ९ औँ अधिवेशन धनगढीमा सुरु भएको छ। महासंघका अध्यक्ष लक्ष्मण बहादुर स्वारको सभापतित्वमा आयोजित अधिवेशनको उद्घाटन नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष प्रकाश बहादुर सेठीले गरेका हुन्।

अधिवेशनले महासंघको आगामी नेतृत्व चयन गर्ने भएकाले निर्माण व्यवसायीहरूबिच विशेष चासो देखिएको छ। प्रदेशका नौवटै जिल्लाबाट छनोट भएका २८१ जना प्रतिनिधिले नयाँ नेतृत्वका लागि मतदान गर्नेछन्।

आगामी कार्यकालको नेतृत्वका लागि वर्तमान अध्यक्ष लक्ष्मण बहादुर स्वार र पूर्व केन्द्रीय सदस्य किशोर ठकुराठी नेतृत्वका दुई छुट्टाछुट्टै प्यानल चुनावी मैदानमा उत्रिएका छन्। दुवै पक्षले व्यवसायीहरूको हकहित, व्यवसायिक वातावरण सुधार तथा निर्माण क्षेत्रका समस्याको समाधानलाई प्राथमिकतामा राख्दै आफ्नो एजेण्डा प्रस्तुत गरिरहेका छन्।

महासंघको नयाँ नेतृत्व चयनसँगै सुदूरपश्चिम प्रदेशको निर्माण व्यवसाय क्षेत्रको भावी दिशा र रणनीति तय हुने भएकाले अधिवेशनलाई निर्माण व्यवसायीहरूले महत्वका साथ हेरेका छन्।मतदानपछि नयाँ नेतृत्वको टुंगो लाग्नेछ।

अधिवेशनमा प्रदेशभरका निर्माण व्यवसायी, महासंघका पदाधिकारी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको छ।


भर्खर

कैलालीको मोहन्यालका आमा-शिशु भवनविहीन खोप केन्द्रको भरमा

कैलाली : कैलालीको मोहन्याल गाउँपालिका भौगोलिक रूपमा दुर्गम, छरिएको बस्ती र सीमित पूर्वाधारका कारण विकासका

रवि पुगे अयोध्या

काठमाडौं : भारत भ्रमण पूरा गरी स्वदेश फर्किनुअघि रास्वपा सभापति रवि लामिछाने अयोध्या पुगेर राम

कञ्चनपुर कारागारबाट फरार दुई कैदी ९ महिनापछि पक्राउ

कञ्चनपुर :  कञ्चनपुर कारागारबाट फरार भएका दुई कैदीलाई प्रहरीले नौ महिनापछि पक्राउ गरेको छ ।