सुदूरपश्चिममा सडक सुरक्षा सुधारलाई तीव्रता दिन कार्यशाला

Saturday May 9, 2026

पढ्न लाग्ने समय :


धनगढी : सुदूरपश्चिम प्रदेशमा बढ्दो सडक दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा सुधारलाई प्रभावकारी बनाउन प्रदेशस्तरीय उच्चस्तरीय कार्यशाला आयोजना गरिएको छ।

राष्ट्रिय सडक सुरक्षा परिषद् र सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको संयुक्त आयोजनामा सम्पन्न कार्यशालामा एसियाली विकास बैँकको प्राविधिक सहयोग रहेको थियो।

धनगढीमा आयोजित कार्यशालामा राजनीतिक नेतृत्व, प्रदेश सभा सदस्य, सरकारी अधिकारी, नेपाल प्रहरी, विकास साझेदार तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा राष्ट्रिय सडक सुरक्षा कार्ययोजना (२०२३–२०३०) कार्यान्वयन तथा संघ, प्रदेश र स्थानीय तहबिच समन्वय सुदृढ गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा प्रस्तुत तथ्यांकअनुसार पछिल्ला पाँच आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा २ हजार ८ सय ५४ वटा सवारी दुर्घटना भएका छन् भने १ हजार २ सय भन्दा बढीले जनाले ज्यान गुमाएका छन् ।

सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव इन्जिनियर विष्णु भण्डारीले प्रभावकारी सडक सुरक्षा व्यवस्थापनका लागि सबै तहका निकायबीच संस्थागत समन्वय आवश्यक रहेको बताए ।

एसियाली विकास बैँकका वरिष्ठ यातायात अधिकृत हेमन्त तिवारीले वर्तमान सडक सुरक्षा अवस्थाबारे प्रकाश पार्दै राष्ट्रिय सडक सुरक्षा पहलमा निरन्तर सहकार्य गर्न प्रतिबद्ध रहेको बताए। उनले सडक सुरक्षालाई केवल यातायातको विषय नभई मानव जीवन र आर्थिक विकाससँग प्रत्यक्ष जोडिएको मुद्दाका रूपमा हेर्नुपर्ने बताए।

कार्यक्रमका प्रमुख अतिथि तथा सुदूरपश्चिम प्रदेश सभाको सार्वजनिक लेखा समितिका सभापति अक्कल बहादुर रावलले सडक सुरक्षामा सबै पक्षको जिम्मेवारी महत्वपूर्ण रहेको उल्लेख गरे। उनले सडक दुर्घटनाबाट बढ्दो मानवीय तथा आर्थिक क्षतिप्रति चिन्ता व्यक्त गर्दै सडक सुरक्षालाई सार्वजनिक नीतिको प्राथमिक विषय बनाउन आग्रह गरे।

कार्यक्रममा सहभागी विभिन्न निकायका प्रतिनिधिहरूले प्रदेश तथा स्थानीय सरकारले सडक सुरक्षालाई प्राथमिकतामा राखी आवश्यक नीति, पूर्वाधार र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राखेका थिए।

कार्यशालाका प्राविधिक सत्रहरू टोलीका इन्जिनियर हेमन्त तिवारीको नेतृत्वमा सञ्चालन गरिएको थियो। इन्जिनियर सरोजकुमार प्रधान, समीक्षा अधिकारी, निरज धिमेडेल तथा शुभ खनालले सहजीकरण गरेका थिए। कार्यक्रममा प्रमाणमा आधारित तथा सहभागितामूलक छलफलमार्फत सडक सुरक्षा सुधारका व्यवहारिक उपायहरूबारे सुझाव संकलन गरिएको आयोजकले जनाएको छ।

 


भर्खर

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका

‘रानीसैन विवाद वन्यजन्तु र जडिबुटी तस्करीसँग जोडिएको छ’

धनगढीः बाजुरा र हुम्लाको रानीसैन क्षेत्रको सीमा विवादको विषयलाई लिएर डिभिजन वन कार्यालय बाजुराका प्रमुख