सुदूरपश्चिममा वनका समस्या समाधान गर्न कार्यदल गठन

Tuesday April 28, 2026

पढ्न लाग्ने समय :


धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले वन उपभोक्ता समूहहरूको माग सम्बोधनका लागि कार्यदल गठन गरेको छ। प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ६ दिनदेखि आन्दोलनमा रहेका वनकर्मीहरूको माग सम्बोधनका लागि कार्यदल बनाएको हो।

प्रदेशस्तरीय आन्दोलन परिचालन समितिको माग र मन्त्रालयस्तरीय बैठकको निर्णयका आधारमा कार्यदल गठन गरिएको हो।बताइएको छ। मन्त्रालयका अनुसार वन उपभोक्ता समूहहरूले उठाएका २४ बुँदे मागको अध्ययन, समन्वय र समाधानका लागि सुझाव पेश गर्न यो कार्यदल बनाइएको हो। कार्यदललाई सात दिनभित्र प्रतिवेदन तयार गरी मन्त्रालयमा पेश गर्ने जिम्मेवारी दिइएको छ।

गठित कार्यदलको संयोजकमा प्रदेश वन निर्देशक हेमराज विष्ट रहेका छन्। सदस्यहरूमा वरिष्ठ डिभिजनल वन अधिकृत डा. राम विचारी ठाकुर, कानुन अधिकृत विजय राज ओझा, प्रदेशस्तरीय आन्दोलन परिचालन समितिका संयोजक फुष्कल बहादुर बम लगायतका प्रतिनिधिहरू रहेका छन्। बमले प्रदेश सरकारले गठन गरेको कार्यदलको सुझाव अनुसार काम हुनेमा आशंका व्यक्त गरेका छन। वैशाख ३० गते भित्रमा कार्यदलले प्रतिवेदन दिने छ। बलमे डिभिजन वन कार्यालयहरूमा आन्दोलन जारी रहने बताएका छन्।

त्यस्तै, सदस्यहरूमा डण्डी राज सुवेदी, यादव प्रसाद भण्डारी, ओमप्रकाश सापकोटा र पुनाराम चौधरी समेत रहेका छन्। वन व्यवस्थापन तथा जैविक विविधता महाशाखाका उपसचिव भोजराज पाठकलाई कार्यदलको सदस्य सचिवको जिम्मेवारी दिइएको छ।

कार्यदलले वन उपभोक्ता समूहका मागहरूका विषयमा आवश्यक अध्ययन, छलफल र सरोकारवालासँग समन्वय गरी व्यवहारिक सुझाव पेश गर्नेछ। यसबाट प्रदेशमा देखिएको आन्दोलन र असन्तुष्टि समाधान हुने अपेक्षा गरिएको छ।

उक्त निर्णयको जानकारी मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयलाई समेत पठाइएको छ भने प्रदेशस्तरीय आन्दोलन परिचालन समितिलाई पनि बोधार्थ दिइएको मन्त्रालयले जनाएको छ।

सरकारको यो कदमले वन क्षेत्रसँग सम्बन्धित विवाद समाधानमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

 


भर्खर

सुदूरपश्चिममा वनका समस्या समाधान गर्न कार्यदल गठन

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले वन उपभोक्ता समूहहरूको माग सम्बोधनका लागि कार्यदल गठन गरेको छ।

धनगढीमा वैशाख १८ गते हाफ म्याराथन प्रतियोगिता हुने

धनगढीः धनगढीमा हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ। धनगढी जेसिजको आयोजनामा आगामी वैशाख १८

कैलालीको सीमा क्षेत्रमा बेहोस बनाएर लुटपाट

धनगढी  कैलालीको सीमा क्षेत्रमा बेहोस बनाएर लुटपाट गरिएको छ। भारतबाट घर फर्किरहेका दैलेखका तीन जना