सुदूरपश्चिममा बिसुपर्व मनाइँदै

Tuesday April 14, 2026

पढ्न लाग्ने समय :


वैशाख : हरेक वैशाख १ गते सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लामा विष मार्ने पर्वका रूपमा ‘बिसु’ पर्व धुमधामसाथ मनाइने गरिन्छ । मानिसको शरीरमा वर्षभरि रहेको रोग, विभिन्न खानेकुराबाट जम्मा भएका विषालु तत्व नष्ट गर्ने पर्वका रूपमा दार्चुला, बैतडी, डडेलधुरा, बझाङलगायतका पहाडी जिल्लामा बिसुपर्व मनाउने गरिन्छ ।
जिल्ला समन्वय समिति दार्चुलाका पूर्वप्रमुख एवं स्थानीय कला संस्कृतिका जानकार करवीरबहादुर कार्कीका अनुसार वर्षभरि मानव शरीरमा रहेको रोगव्याधि हटेर जाओस् भन्ने उद्देश्यले बिसुपर्वमा बिहानै सरसफाइ गरेर मिठा मिठा पकवान खाने तथा विष मार्न नाइटोमा सिस्ने लगाउने प्रचलन रहेको छ । पर्वकै अवसरमा जिल्लाको दुहुँ गर्खातिर देवर–भाउजू, साली–भिनाजुले आपसमा रमाइलोका साथ सिस्नेपानी खेल्ने र डेउडा खेल खेल्ने गरेको उनको भनाइ छ ।
नौगाड गाउँपालिकाका उपाध्यक्ष जगतसिंह ठगुन्ना भने, “यहाँका ग्रामीण बस्ती अहिले बिसुपर्वमय भएको छ । यो पर्व मनाउन गाउँबाट विभिन्न काम तथा रोजगारीका सिलसिलामा भारतमा रहेका स्थानीय गाउँ फर्किरहेका छन् ।” उनका अनुसार दार्चुलाको मार्मा क्षेत्रमा पर्ने नौगाड गाउँपालिकाको सिप्टीमा दुई दिनसम्म बिसुजात्रा लाग्ने गर्छ ।यो जात्रामा दुर्गामाताको पूजाआजा गरिन्छ । पर्व मनाउनका लागि ग्रामीण बस्तीका घर रातोमाटो र कमेरोले लिपपोत गरिएको छ ।
यो पर्वको अर्को रमाइलो पक्षका रूपमा विवाहित छोरीचेली माइतीघर आउने तथा ठुलाबडाको हातबाट टीका लगाएर नयाँ वर्षको सुरुवात गर्ने चलन रहेको बैतडीको पुर्चौडी नगरपालिका ३ का स्थानीय सुरज धामीले बताए । सोही अवसरमा यहाँको मार्मा गाउँपालिकाको ताकु, घोल्जर, जुडेलगायत नौगाड गाउँपालिकाको सिप्टीमा ठुलो जात्रा लाग्ने गर्छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।