सुदूरपश्चिममा निर्वाचनको तयारी पूरा

Tuesday February 24, 2026

पढ्न लाग्ने समय :


धनगढीः सुदूरपश्चिममा निर्वाचनको तयारी पूरा भएको छ।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको ९५ प्रतिशत तयारी पूरा भएको प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्टले बताए।

सुदूरपश्चिम प्रदेशका १६ निर्वाचन क्षेत्रमा निर्वाचन सामग्री पुगिसकेको जानकारी दिइएको छ। निर्वाचनका लागि कर्मचारी खटाउने काम सम्पन्न भएको बताउँदै प्रदेश निर्वाचन अधिकारी भट्टले उनीहरूलाई आवश्यक तालिमसमेत दिइएको बताए।

सुदूरपश्चिममा फागुन ३ गतेबाट सुरु भएको मतदाता शिक्षा फागुन १७ गतेसम्म चल्नेछ। सुदूरपश्चिमका ७३४ वडामै मतदाता शिक्षा कार्यक्रम चलीरहेको प्रदेश निर्वाचन अधिकारी भट्टले बताए।

निर्वाचनका लागि सुदूरपश्चिमका सबै निर्वाचन क्षेत्रमा १५ हजार कर्मचारी खटिने भएका छन्। मतदानमा खटिने कर्मचारीहरूलाई तालिम दिने काम सम्पन्न भएको छ भने निर्वाचन सामग्रीसहित कर्मचारीहरू फागुन १७ गतेभित्र मतदान केन्द्रमा पुग्ने बताइएको छ।

यो पटक प्रतिनिधि सभा प्रत्यक्ष र समानुपातिक गरी दुई वटा मतपत्रमा मतदान गर्नुपर्ने छ। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि सेतोमा रातो र समानुपातिकका लागि सेतोमा कालो मतपत्र रहेको प्रदेश निर्वाचन अधिकारी भट्टले बताए।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।