सुदूरपश्चिममा काँग्रेसले खटायो चुनावी कमाण्डर

Wednesday February 4, 2026

पढ्न लाग्ने समय :


धनगढीः नेपाली काँग्रेसले सुदूरपश्चिमका ९ ओटै जिल्लामा चुनावी कमाण्डर तोकेको छ। काँग्रेसका उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको केन्द्रीय निर्वाचन परिचालन समितिले सबै ७७ जिल्लामा चुनावी कमाण्डर तोकेको हो।

सोही अनुसार सुदूरपश्चिमका ९ ओटै जिल्लाका लागि चुनावी कमाण्डर तोकिएको काँग्रेसले जनाएको छ।

काँग्रेसले बैतडी, दार्चुला र बझाङका लागि हिमबहादुर रावल, निपा चोख्याल र विद्यादेवी तिमिल्सिनालाई चुनावी कमाण्डर तोकेको छ। यस्तै कैलाली र डडेल्धुराका लागि जगतप्रसाद जोशी, सुनिता राना, डा। रणबहादुर रावल र नृपबहादुर वडलाई चुनावी कमाण्डर तोकेको छ।

यस्तै प्रदेशका डोटी, अछाम र बाजुराका लागि नरेन्द्र भट्ट,सम्झना खत्री र सुशीला मित्र भट्टलाई चुनावी कमाण्डर तोकेको काँग्रेसले जनाएको छ। नेताहरूले स्थलगत रूपमा पुगेर गरेको ब्रिफिङपछि प्रचार–प्रसारका क्रममा त्यस अनुसारको रणनीति बनाउने तयारी काँग्रेसको छ।

 


भर्खर

विष्णु पौडेललाई गैरकानुनी थुनिएको भन्दै श्रीमती पुगिन् सर्वोच्च

काठमाडौं : आफ्नो पति विष्णु पौडेललाई गैरकानुनी रूपमा पक्राउ गरी थुनामा राखिएको भन्दै दोमाया पौडेल

रास्वपा महाधिवेशनमा विद्युतीय माध्यमबाट मतदान

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी प्रथम राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि विद्युतीय

भारतीय प्लास्टिक आयातमा कडाइ गर्न फूल व्यवसायीको माग

धनगढी :  कैलालीका फूल व्यवसायी तथा किसानहरूले भन्सार नाकामार्फत भारतबाट भित्रिने प्लास्टिकका फूलको आयातमा कडाइ