सुदूरपश्चिमको खेलकुद र युवा परिषद्मा ११ सदस्य नियुक्त

Tuesday March 17, 2026

पढ्न लाग्ने समय :


धनगढी : सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् र प्रदेश युवा परिषद्मा सदस्यहरू नियुक्त भएका छन्। सामाजिक विकास मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट खेलकुद परिषदमा ८ जना तथा प्रदेश युवा परिषदमा ३ जना सदस्य मनोनीत गरिएको हो।

खेलकुद परिषदमा सदस्या मनोनित हुनेमा डडेल्धुरामा गौरी हमाल, अछाममा चेतमान विक्रम शाह, दार्चुलामा श्याम सिंह सिनाल, कैलालीमा प्रमोद मल्ल, डोटीमा रुपेन्द्र बहादुर धामी, अछाममा निता कुमारी खत्री, बझाङमा नवीन बहादुर सिंह र कैलालीमा दिपजंग शाही रहेका छन।

यस्तै, प्रदेश युवा परिषद्का सदस्यहरूमा कैलालीमा नरेन्द्र प्रसाद जैसी, अछाममा तुल बहादुर साउँद र संगीता केसी कुँवर रहेका छन। यसअघि प्रदेश सरकारले प्रदेश युवा परिषद्को उपाध्यक्षमा गजेन्द्र साउद तथा प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा लोकबहादुर खड्का (रवि) लाई नियुक्त गरिसकेको छ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।