सुदूरपश्चिमका १६ मा सात निर्वाचन क्षेत्रमा रास्वपा अगाडि

Friday March 6, 2026

पढ्न लाग्ने समय :


धनगढी : सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ। प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमा हालसम्म सात वटामा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि रहेको छ।

निर्वाचन अधिकृतको कार्यालयहरूका अनुसार कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रहरूमा रास्वपाका उम्मेदवार अगाडि रहेका छन्। कैलालीको निर्वाचन क्षेत्र नम्बर १ र ५ मासमेत राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अगाडि रहेका छन्। पहाडी जिल्ला बैतडी र डडेल्धुरामासमेत राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको अग्रता रहेको छ।

कैलालीको निर्वाचन क्षेत्र नम्बर २ र डोटीमा एमालेको अग्रता रहेको छ। अछाम क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेवदार भीमबहादुर रावलको अग्रता रहेको छ। कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ मा समेत नेकपाका उम्मेदवारको अग्रता रहेको छ। कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ को मत परिणाम सार्वजनिक गरिएको छैन। मुचुल्का र मत पेटीकाको मतको सङ्ख्या फरक परेको भन्दै कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा विवाद भएको थियो।

दार्चुलामा साँझ सात बजेबाट मत गणना सुरु हुँदैछ। बाजुरामा समेत मतगणना सुरु भएको छैन। अछाम निर्वाचन क्षेत्र नम्बर २ मा हालै मात्र मत गणना सुरु भएको छ।

 


भर्खर

सुदूरपश्चिममा बजेट अधिवेशन आरम्भ

धनगढीः सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन प्रारम्भ भएको छ। आठौँ अधिवेशनको पहिलो बैठकले ‘सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य

देशका अधिकांश क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ : हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ