सुदूरपश्चिमका वन मन्त्री सवार गाडी बससँग ठोक्कियो

Thursday May 7, 2026

पढ्न लाग्ने समय :


बैतडी : बैतडीमा मन्त्री सवार गाडी र बस एकआपसमा ठोक्किएका छन् ।

जिल्लाको मेलौली नगरपालिका–२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र बस एकआपसमा ठोक्किएका हुन् ।
महेन्द्रनगरबाट पञ्चेश्वरतर्फ जाँदै गरेको सुपप्र०२–००१ ख १५३७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको मन्त्री भट्ट सवार सुपप्र०१–००१ झ ४५२ नम्बरको गाडी बिहीबार साँझ एकआपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए ।

दुर्घटनामा मन्त्री सवार गाडीको अगाडिको बम्परमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।
अस्थायी प्रहरी पोष्ट सलेनाबाट प्रहरी हवलदार रमेश भट्टको कमान्डमा खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर दुवै पक्षबीच छलफल गराएको थियो । छलफलपछि बस पक्षले क्षति भएको गाडी मर्मत गर्ने सहमति भएको प्रहरीले जनाएको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।