सुदूरपश्चिमका राजनीतिक दलहरूको बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता

Friday February 13, 2026

पढ्न लाग्ने समय :


धनगढी : सुदूरपश्चिम प्रदेशका राजनीतिक दलहरूले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन्।

शुक्रवार धनगढीमा भएको एक बृहत् छलफलमा राजनीतिक दलका प्रतिनिधिहरूले आसन्न निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न, नगराउन सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रादेशिक कार्यालयका अधिकृत बिदेशराम चौधरीले बाल अधिकार र बढ्दो प्रयोगका विषयमा प्रस्तुति प्रस्तुत गर्दै आचारसंहिताका बारे स्मरण गराउनु भएको थियो । कार्यक्रममा सहभागी राजनीतिक दल तथा नागरिक अगुवाहरूले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने बारे प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए।

कार्यक्रम आयोजक संस्था सामुदायिक विकास केन्द्र डोटीका कार्यकारी निर्देशक हेमराज जोशीले जारी गरिएको साझा प्रतिबद्धता पत्रमा निर्वाचन आचारसंहिताको पूर्ण रूपमा पालना, बालबालिकालाई कुनै पनि चुनावी कार्यक्रममा प्रयोग नगर्ने, विद्यालय परिसरभित्र कुनै पनि राजनीतिक कार्यक्रम सञ्चालन नगर्ने, लगायतका प्रतिबद्धता व्यक्त गरिएको बताए।

प्रतिबद्धता पत्रमा नेपाल काँग्रेस केन्द्रीय सदस्य निपा चोखाल, एमालेका प्रदेश सचिवालय सदस्य राजेश खाती, नेकपाका केन्द्रीय सदस्य प्रेम विसी, रास्वपाका नगर सभापति तुलाराम खनाल लगायतले हस्ताक्षर गरेका छन्।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।