सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह गगन थापालाई सभापति नमान्ने

Tuesday March 10, 2026

पढ्न लाग्ने समय :


धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गगनकुमार थापालाई सभापति नमान्ने बताएका छन्। धनगढीस्थित निवासमा मङ्गलवार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री शाहले विशेष महाधिवेशनको कुनै औचित्य नभएको दाबी गरेका हुन्।

नेपाली काँग्रेसको नियमित महाधिवेशन गर्नुपर्नेमा उनको जोड छ। नियमित महाधिवेशनका लागि पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई नै काँग्रेसको सभापति मान्नुपर्ने तर्क मुख्यमन्त्री शाहको छ। उनले भने, ‘वैचारिक र नेतृत्वको छिनोफानो केन्द्रीय महाधिवेशनले गर्छ। विशेष महाधिवेशन बिर्सेर, विशेष महाधिवेशन भन्दा पहिला काँग्रेसलाई पुगाएर, त्यो काँग्रेसमा सबै थिए। विशेष महाधिवेशन पहिलाको काँग्रेसमा गगन जी, विश्वप्रकास जी पनि हुनुहुन्छ। त्यो भित्र शीर्षत नेताहरू हुनुहुन्छ। त्यो सबैको उपस्थिति रहेको काँग्रेसले केन्द्रीय महाधिवेशन गर्ने।’

मुख्यमन्त्री शाहले काँग्रेसलाई बलियो बनाउन विशेष महाधिवेशनभन्दा पहिलेको अवस्थामा फर्काउनुपर्ने बताएका हुन्। उनले काँग्रेसभित्रको विवादले पार्टीको अवस्था कमजोर भएको भन्दै अब नियमित महाधिवेशनमार्फत कांग्रेसलाई बलियो बनाउन सकिने बताएका थिए। गगन थापाले शेरबहादुर देउवालाईलाई टिकट नदिएको विषयमा दिएको अभिव्यक्तिप्रति पनि उनले असन्तुष्टि व्यक्त गरेका थिए। ‘मैले टिकट दिएन, उहाँहरूभन्दा काबिल मान्छे अरू हुँदैनन् र भनेर गगनजीले अन्तर्वार्ता दिनुभएको थियो,’ मुख्यमन्त्री शाहले भने, ‘नेतृत्व तहले यस्ता कुरा गर्न हुँदैन।’

मुख्यमन्त्री शाहले शेरबहादुर देउवालाई सभापति भनेर सम्बोधन गरेपछि पत्रकारहरूले थापालाई सभापति नमान्नु भएको हो भनेर प्रश्न गरेका थिए। विशेष महाधिवेशनको विषय अदालतमा रहेको हुँदा आफूले कसलाई सभापति मान्ने वा नमान्ने भन्ने विषय आफ्नो रहेको उनले जवाफ दिए। यसले उनले गगन थापालाई अझै सभापति नमानेको सङ्केत गरेको हो।

सुरुमै मुख्यमन्त्री शाहले सुशीला कार्की नेतृत्वको सरकारले सफलतापूर्वक निर्वाचन सम्पन्न गराएकोमा धन्यवाद दिएका थिए।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।