सुदूरपश्चिमका महत्वपूर्ण आयोजना पूरा गर्न मेरो उम्मेदवारी : उपमहासचिव भट्ट

Thursday February 26, 2026

पढ्न लाग्ने समय :

फाईल फोटो

कैलाली : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव लेखराज भट्टले सुदूरपश्चिमका महत्वपुर्ण अधुरा आयोजनालाई पूर्णता दिन आफ्नो उम्मेदवारी रहेको बताएका छन्।

कैलाली–४ बाट प्रतिनिधि सभाका उम्मेदवार समेत रहेका भट्टले आफ्नो उम्मेदवारी कैलालीको लागि मात्र नभएर समग्र सुदूरपश्चिम र राष्ट्रकै निमित्त भएको बताएका हुन्।

कैलालीको अत्तरियामा प्रेस चौतारीसँग उम्मेदवार कार्यक्रममा बोल्दै उनले सुदूरपश्चिमको भविष्यसँग जोडिएको दैजी–छेला औद्योगिक क्षेत्र, सुख्खा बन्दरगाह, महाकाली करिडोर, सेती लोकमार्ग, धनगढी–खुटिया–दिपायल–उरै भञ्याङ सडक, लालपुर–हरैया विशेष आर्थिक निर्माण जस्ता आयोजनाको काम अघि बढाउन आफु मात्र सक्ने बताए।

विगतमा कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा निर्वाचित भएर मन्त्री हुँदा सुदूरपश्चिममा आफूले यी थुप्रै कामहरु अघि सारेको उल्लेख समेत गरेका छन्।

कैलाली–४ मा आफ्नो प्रतिस्पर्धा नेपाली कांग्रेससँगै हुने बताउँदै नँले अन्य प्रतिस्पर्धीलाई पनि कमजोर ठान्न नहुने उल्लेख गरेका छन। लोकतन्त्रमा हरेक प्रतिस्पर्धी सम्मानका पात्र भएको बताउदै विकासका मुद्दामा मतदाताले सही निर्णय गर्नेमा विश्वस्त रहेको बताए।

उनले एमालेले गरेका सकारात्मक काम र उपलब्धिहरू जनतासमक्ष पु¥याउन घरदैलो अभियान सञ्चालन भइरहेको बताए। प्रदेशको राजधानीको गोदावरीमा सार्ने निर्णय लामो अध्ययन र छलफलपछि दुई तिहाइ प्रदेश सभाबाट पारित गरिएको र कार्यान्वयन हुन नदिन विभिन्न प्रयासहरू भएको उल्लेख गर्दै अब त्यसलाई प्रभावकारी रूपमा अगाडि बढाउन आवश्यक रहेको बताए।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।