सीटीईभीटी अन्तर्गतका ४४ शिक्षण संस्थाको सम्बन्धन अस्वीकृत

Saturday August 19, 2023

पढ्न लाग्ने समय :


काठमाडौं । चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीले प्रक्रिया पूरा नगरी दिएका ४४ वटा शिक्षण संस्थाको सम्बन्धन अस्वीकृत गरेको छ ।

प्रमाणपत्र तहको सामान्य चिकित्सा, रेडियोग्राफी, ल्याबटेक्नोलोजी, आयुर्वेद , फार्मेसीलगायत विषयको पठनपाठन हुने गरी सीटीईभीटीले २०७९ साल असोजमा सम्बन्धन दिने निर्णय गरेको थियो । अघिल्लो महिना ती शिक्षण संस्थामा भर्ना आह्वान गरेपछि हालै चिकित्सा शिक्षा आयोगको बैठकले गैरकानुनी रुपमा सम्वन्धन दिएका ती संस्थाको सम्वन्धन अस्वीकृत गरेको हो ।

त्यस्तै आयोगले प्रक्रिया पुर्याएका १९६ संस्थाको भने सम्बन्धन स्वीकृत गर्दै कोटा समेत निर्धारण गरिदिएको छ ।

चिकित्सा शिक्षासम्बन्धी शैक्षिक संस्थाको सम्वन्धनका लागि आयोगको पूर्व‍‍स्वीकृति लिनुपर्ने कानुनी व्यवस्था छ । अस्वीकृत भएका ती शिक्षण संस्थाको सम्बन्धनका लागि पुन: सुरुदेखि नै प्रक्रिया अगाडि बढाउनु पर्ने छ ।

सीटीईभिटीले भने प्रक्रिया पुर्‍याएर फेरि सम्बन्धनका लागि अगाडि बढाउने जनाएको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।