सिरियाली शरणार्थीहरूलाई फर्काउन टर्कीले सीमा नाका खोल्ने

Wednesday December 11, 2024

पढ्न लाग्ने समय :


टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले टर्किएले सिरियाली शरणार्थीहरूको स्वेच्छिक र सुरक्षित फिर्ताको सुविधाको लागि दक्षिणी हाते प्रान्तमा सिरियासँगको सीमाना खोल्ने बताउनुभएको छ । टर्कीको राजधानी अंकारामा बसेको मन्त्रिपरिषद् बैठकपछि पत्रकार सम्मेलनमा एर्दोगानले उक्त कुरा बताउनुभएको हो । सिरियाली शरणार्थीहरू फर्कने क्रममा भीडभाड रोक्न र ट्राफिकलाई सहज बनाउन यायलदागी क्रसिङ खोल्ने बताउनु भयो । दक्षिणी हाते प्रान्तको यायलदागी क्रसिङ सिरियाको उत्तरपश्चिमी छेउमा अवस्थित छ । यस क्षेत्रमा द्वन्द्वका कारण सन् २०१३ देखि बन्द गरिएको छ ।

सिरियामा घर फर्कन खोज्ने सयौं शरणार्थीहरू पनि दक्षिणी टर्कीका दुई अन्य सीमानामा भेला भएका छन् । नोभेम्बर ३० मा अपडेट गरिएको संयुक्त राष्ट्रसंघको प्रतिवेदनअनुसार टर्कीएमा लगभग ३.७ मिलियन सिरियाली शरणार्थी छन् ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।