सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

Saturday May 4, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज एक खेल अगाडि गुमाएको नेपालले आज अन्तिम प्रतिस्पर्धा गर्दैछ।

पाँच खेलको सिरिज चार खेल खेल्दा ३–१ ले गुमाएको नेपालले आज अन्तिम प्रतिस्पर्धा गर्न लागेको हो। यो खेल शनिबार दिउँसो कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ।

बिहिबार सम्पन्न चौथो खेलमा वेस्ट इन्डिज ए ले नेपाललाई २८ रनले पराजित गर्दै यसअघि नै पाँच खेलको सिरिज जितिसकेको छ।

चौथो खेलमा वेस्ट इन्डिजले दिएको २१० रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा अल आउट हुँदै १८१ रनमा समेटिएको थियो। पहिलो खेलमा चार विकेटको शानदार जित निकालेको नेपाल त्यसपछि लगातार तीन खेलमा पराजित भएको हो। दोस्रो खेलमा १० रनले पराजित भएको नेपाल तेस्रो खेलमा ७६ रनको लज्जास्पद हार खान बाध्य भएको हो।

पाँच खेलको सिरिज गुमाए पनि नेपालका कप्तान रोहितकुमार पौडेलको प्रदर्शन भने शानदार रहयो। तीन खेल खेलेका उनले एक शतक र दुई अर्धशतक बनाएका छन्। पहिलो खेलमा शतक प्रहार गरेका पौडेलले दोस्रो र चौथो खेलमा अर्धशतक बनाएका हुन्।

पहिलो खेलमा ५४ बलमा १० चौका र ६ छक्का प्रहार गर्दै पौडेलले ११२ रनको कप्तानी पारी खेलेका थिए। दोस्रो खेलमा नटआउट ४८ बल खेल्दै ६ चौका र २ छक्काको मद्दतमा ७१ रन बनाए।

तेस्रो खेलमा आराम पाएका कप्तान पौडेलले चौथो खेलमा ४७ बलमा ७ चौका र ५ छक्काको मद्दतमा ८२ रन बनाए। तीन खेल मात्र खेलेका कप्तान पौडेलले सिरिजकै सर्वाधिक २६५ रन बनाएका छन्।

सिरिज गुमाइसकेको नेपाल घरेलु मैदानमा शनिबार सान्त्वना जितको लक्ष्यका साथ मैदानमा हुनेछ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।