सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै काठमाडौं महानगर

Wednesday September 13, 2023

पढ्न लाग्ने समय :


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको क्रममा रहेको बताएको छ ।

कामपा शिक्षा विभागका प्रमुख सीताराम कोइरालाका अनुसार सबै सामुदायिक विद्यालयलाई विद्यार्थी र अभिभावको आकर्षणको केन्द्र बनाउने हो जहाँ राम्रा भनिने निजी विद्यालयले दिने शिक्षाको गुणस्तरभन्दा कम हुने छैन ।

“भौतिक संरचना निर्माण गर्नुपर्ने विद्यालयका लागि सोहीअनुसारको काम भइरहेको छ भने कम विद्यार्थी सङ्ख्या भएको विद्यालयको हकमा विद्यार्थी बढाउनेतर्फ कामपाले ध्यान दिइरहेको छ,” उनले भने ।

कामपामा ८९ वटा सामुदायिक विद्यालय सञ्चालनमा छ । ५९ माध्यमिक हो भने अन्य आधारभूत विद्यालय रहेका छन् । प्रमुख कोइरालाले भने, “कामपाले तत्काल शिक्षा नीति ल्याउने तयारी गरिरहेको छ, त्यसपश्चात् शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन आउँछ । अबको कामपाको शिक्षा क्षेत्रको योजना भनेको राम्रो भौतिक संरचनासहित गुणस्तरीय शिक्षा प्रदान गर्नु हो ।”

राम्रो भौतिक संरचना र गुणस्तरीय शिक्षाकै कारण हाल कामपामा सञ्चालनमा रहेका विद्यालय जनकल्याण माध्यमिक विद्यालय, शिवपुरी माध्यमिक विद्यालय, रत्नराज्य माध्यमिक विद्यालय, पद्मकन्य माध्यमिक विद्यालय, पद्मोदय माध्यमिक विद्यालय, विश्व निकेतन, माध्यमिक विद्यालय, सरस्वती निकेतन, ज्ञानोदय माध्यमिक विद्यालयमा थप विद्यार्थीलाई पठनपाठन गराउने स्थान नभएको कामपाको भनाइ छ ।

आगामी दिनमा अन्य विद्यालयलाई पनि यस्तै नै बनाउने कामपाको लक्ष्य रहेको बताइएको छ । उनका अनुसार पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो छ ।

यही अनुपातमा विद्यार्थी बढिरहने हो भने अबको केही वर्षमा कामपाले छुट्टै सामुदायिक विद्यालयल सञ्चालन गर्नुपर्ने हुनसक्छ । सञ्चालनमा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न कामपा सक्रियपूर्वक लागिरहेको छ ।

प्रचलित शिक्षा ऐन, २०२८ ले गरेको व्यवस्था र कामपाको शिक्षा ऐन, २०७५ तथा विद्यालय व्यवस्थापन नियमावली, २०७४ ले गरेका प्रावधानअनुरूप विद्यालय सञ्चालनमा छन् ।

चालु आवमा कामपाले समग्र शिक्षाका लागि रु एक अर्ब ३२ करोड नौ लाख ३३ हजार रकम विनियोजन गरेको छ । अघिल्ला वर्षहरुमा  विद्यालय गाभ्ने भनेको कामपाले अहिले उक्त कार्य नगर्ने जनाएको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।