सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न शिक्षकहरुलाई तालिम

Thursday July 20, 2023

पढ्न लाग्ने समय :


बझाङ । बझाङको केदारस्युँ गाउँपालिका-९ झोतामा बालमैत्री विद्यालय क्रियाकलापमा आधारित सिकाइ स्रोत शिक्षक प्रशिक्षक प्रशिक्षण कार्यशाला तालिम सम्पन्न भएको छ ।

युनाइटेड मिसन टु नेपाल र प्रगतिशील युवा समाजको साझेदारी, क्रियाकलापमा आधारित सिकाइ परियोजनाको आयोजनामा ५ दिने सिकाइ स्रोत शिक्षक प्रशिक्षक प्रशिक्षण कार्यशाला तालिम मंगलबार सम्पन्न भएको हो ।

क्रियाकलापमा आधारित सिकाइ परियोजना लागू भएको थलारा गाउँपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरूलाई तालिम दिई विद्यालयको गुणस्तरीय शिक्षा अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको कार्यक्रम संयोजक राजेन्द्र खड्काले जानकारी दिए ।

तालिम चक्रेश्वर माध्यमिक विद्यालयका शिक्षिका शान्ति गिरीको अध्यक्षतामा भएको थियो । त्यस्तै तालिममा थलारा गाउँपालिका सह शिक्षा संयोजक राइभान ओली अतिथि, युएमएन थिमेटिक लिङ शिक्षा डा. गायत्री तिमिल्सिना, तालिम प्रशिक्षक पवन अधिकारी, युएमएनका शिक्षा परियोजना व्यवस्थापक पाण्डप रसाइली लगायत रहेका थिए ।

तालिममा थलारा गाउँपालिकाका २० वटा विद्यालयका २० जना शिक्षक र परियोजनाका कर्मचारी गरी २५ जना सहभागी भएका थिए  ।

तालिम समापनमा बोल्दै थिमेटिक लिङ शिक्षा डा. तिमिल्सिनाले सिकेका कुराहरू व्यवहारमा लागू गर्नुपर्ने बताइन् । उनले पहिलाको जस्तो कक्षा कोठामा प्रवेश गर्दा लौरो बोकेर जाने, विद्यार्थी तर्साउने प्रवृत्तिले शिक्षामा सुधार नआउने भएकोले शिक्षा दिने परिपाटीमै सुधार गरी समयानुसार शिक्षा दिनुपर्ने बताइन् ।

सहभागी शिक्षकले तालिममा सिकेको सीप विद्यालयका सहकर्मी साथीहरूलाई सिकाउँदा शैक्षिकक्षेत्रमा सुधार हुने उनको भनाइ थियो । साथै विद्यालयको शैक्षिकस्तर कमजोर भनेर विद्यालय छोड्ने प्रवृत्ति बढिरहेको बताउँदै उनले उक्त तालिममा सिकेअनुसार विद्यार्थीलाई शिक्षा दिए विद्यालय खोज्दै विद्यार्थी आउने समेत बताइन् ।

सहभागी शिक्षकहरूले शैक्षिकस्तरमा सुधार नहुनुको प्रमुख कारण पहिलोकै शिक्षा दिने शैली भएको बताए । यस्तै सहभागी शिक्षकहरुले तालिमबाट शिक्षा पढाएर मात्रै नभई विद्यार्थीलाई क्रियाकलापबाट बढी सिकाउन सकिन्छ भन्ने कुरा सिकेको र सोही अनुसार शिक्षा दिने प्रतिबद्धता व्यक्त गरे  ।

यस्तै अध्यक्ष शिक्षिका गिरीले शिक्षकले आफ्नो काम कर्तव्य भुल्न नहुने बताइन् । उनले बोलीमा मात्रै सीमित हुने प्रवृत्ति भएकाले तालिममा सिकेको सीपको सदुपयोग गर्न आग्रह गरिन् ।

प्रशिक्षक पवन अधिकारीले सहभागी शिक्षकहरुलाई प्रशिक्षण दिएका थिए ।

क्रियाकलापमा आधारित सिकाइ परियोजनाले सामुदायिक विद्यालयको गुणस्तरीय शिक्षामा पहुँच वृद्धि गर्ने, घर विद्यालय र समुदायका बालबालिकाहरूको शैक्षिक अवस्था सुधारसँगै सामुदायिक विद्यालयको गुणस्तरीय शिक्षाका लागि शिक्षा सरोकारवालाहरूको जवाफदेहितामा सुधार ल्याउन सहयोग गर्ने संयोजक खड्काले बताए ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।