साफ महिला च्याम्पियनसिपमा श्रीलंकालाई हराउँदै नेपाल समूह विजेता बन्न सफल

Thursday October 24, 2024

पढ्न लाग्ने समय :


साफ महिला च्याम्पियनसिप फुटबलमा समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई हराएको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले श्रीलंकामाथि ६–० को जित निकाल्दै समूह विजेता बन्न सफल भयो । नेपालका लागि रेखा पौडेलले २ गोल गर्दा सावित्रा भण्डारी साम्बा, रश्मीकुमारी घिसिङ, सविता राना मगर र अमिषा कार्कीले १–१ गोल गरे । यस जितले नेपाल समूह विजेता पनि भएको छ ।

नेपाल र भुटानको समान ७–७ अंक भएपनि गोलअन्तरमा नेपालले १ गोलले अघि रहँदै समूह विजेता बनेको हो । अब सेमिफाइनल खेल आइतबार हुनेछ । पहिलो सेमिफाइनल दिउँसो साढे १ बजे बंगलादेश र भुटानबीच हुनेछ । दोस्रो सेमिफाइनलमा साँझ साढे ५ बजे नेपाल र भारत भिड्नेछन् ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।