साफ महिला च्याम्पियनसिपमा माल्दिभ्समाथि श्रीलंकाको साँघुरो जित

Friday October 18, 2024

पढ्न लाग्ने समय :


श्रीलंकाले शुक्रवार माल्दिभ्समाथि साँघुरो जित निकाल्दै साफ महिला च्याम्पियनसिपमा सुखद् शुरूवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समूह बी को खेलमा श्रीलंकाले माल्दिभ्समाथि १–० को जित निकालेको हो । एकपक्षीय बनेको श्रीलंकाले लगाता दबाब बनाएको थियो । पछिल्ला दुई संस्करणमा गोलविहीन माल्दिभ्सले श्रीलंकाविरूद्ध गोल गर्ने लक्ष्यमा थियो । साफका पछिल्ला पाँच खेलमा गोलविहीन माल्दिभ्सले सातौं संस्करणको आफ्नो पहिलो खेलमा पनि असफल भयो । यससककंगै माल्दिभ्स साफमा गोलविहीन भएको छैटौं खेल भएको छ ।
खेलको आठौं मिनेटमा श्रीलंकाको गोल प्रयासमा बार बाधक भयो । सिभानेश्वरन थर्मिकाले माल्दिभ्सकी गोलकिपर अमिना लिजा अगाडि बढेको अवस्थामा खाली पोस्टमा गरेको प्रहार दोस्रो बारमा लागेर फर्कियो । अमिनाले नै क्लियर गर्न नसकेको नियन्त्रणमा लिंदै थर्मिकाले गरेको प्रहार सफल हुन सकेन ।  एकपछि अर्को आक्रमण बुनेको श्रीलंकाले १८ औं मिनेटमा अग्रता लियो । कोश्वाथथागे परेरा दिएको क्रस बललाई इमिसा अनुराधिनीले हेडरमार्फत गोल गरिन् । सन् २०१९ मा विरानटनगरमा भएको साफपछि श्रीलंकाले पहिलो गोल ग¥यो । काठमाडौंमा सम्पन्न पहिल्लो छैटौं संस्करणमा श्रीलंका गोलविहीन भएर घर फर्किएको थियो ।
३३ औं मिनेटमा श्रीलंकाको काउन्टर प्रयासमा माल्दिभ्सकी गोलकिपर अमिनाले उत्कृष्ट बचाउ गरिन् । श्रीलंकाकी इमिसाको लगातार दुई प्रहार असफल बनाएकी हुन् । ३६ औं मिनेटमा थर्मिकाले पेनाल्टी बक्सबाहिर बाट गरेको सशक्त प्रहार पनि माल्दिभ्सकी गोलकिपर अमिनाले पन्च गर्दै बचाइन् । त्यसपछि पहिलो हाफमा केही प्रयास भएपनि गोल सम्भव भएन र श्रीलंकाले १–० को अग्रता बनायो । दोस्रो हाफ पनि श्रीलंकाले गोल प्रयास गरिरह्यो । ८७ औं मिनेटमा इमिसाले  करिब ८ यार्डबाट गरेको प्रहार माल्दिभ्सकी गोलकिपर अमिनाले पन्च गर्दै बचाउ गरिन् । यो जितसककंगै चार राष्ट्र रहेको समूहमा श्रीलंकाले तीन अंक बटुल्यो । यसै समूहमा नेपालले आज सांझ ५ः३० बजे भुटानसककंग खेल्दैछ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।