सांस्कृतिक नगरपालिका प्रमुख खानको निधन
पढ्न लाग्ने समय :
न्युज नेपाल समाचार
भदौ १४ धनगढी ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमान (खान) को निधन भएको छ । नगर प्रमुख खानको शनिबार बिहान ९ बजे हृदयघातका कारण निधन भएको लुम्बिनी सांस्कृतिक नगरपालिका–३ का वडाध्यक्ष अकरामुद्दिन नाउ मुसलमानले बताउनु भयो । नगर प्रमुख सजरुद्दिन शुक्रबार मात्रै मलेशिया भ्रमणबाट घर फर्केनु भएको थियो । बिहान स्वास्थ्यमा समस्या आएपछि युनिभर्सल मेडिकल कलेज भैरहवा लैजाने क्रममा बाटोमै मेयर खानको मृत्यु भएको वडाध्यक्ष मुसलमानले बताउनु भयो । ७० बर्षका नगर प्रमुख खान नेपाली कांग्रेसबाट निर्वाचित हुनु भएको थियो ।