सांसद राईको प्रश्नः भन्सारमा नेपाली एजेण्टले काम नपाउने र विदेशीले प्रभाव पार्ने कसरी भयो ?

Sunday February 23, 2025

पढ्न लाग्ने समय :


नेकपा (माओवादी केन्द) की सांसद दुर्गा राईले भन्सारमा नयाँ एजेण्टले काम नपाउने र विदेशी एजेण्टले बढी प्रभाव पारेको समाचार आएको भन्दै अर्थ मन्त्रालयसँग जवाफ माग गर्नुभएको छ । आईतवार अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर छलफलमा सहभागी हुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्सार अर्थतन्त्रसँग प्रत्यक्ष जोडिने भन्दै भन्सारमा हुने गतिविधिले अर्थतन्त्रमा प्रत्यक्ष असर पुग्ने बताउनु भयो । उहाँले मुलुकलाई कतातिर लैजाने भन्नेकुरा भन्सारका गतिविधिले पनि तय गर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘भन्सार अर्थतन्त्रसँग प्रत्यक्ष जोडिन्छ । मुलुकको अर्थतन्त्रमा नै प्रभाव पार्दछ । भन्सारमा हुने गतिविधिले सिधा अर्थतन्त्रमा प्रभाव पार्दछ । मुलुकलाई कतातिर लैजाने भन्नेकुरा भन्सार विभागको गतिविधिले असर पार्दछ । भन्सारमा नयाँ एजेण्टले काम नपाउने र विदेशी एजेण्टले बढी प्रभाव पारेको भन्ने छ । यो बारेमा के हो समितिसँग र अर्थ मन्त्रालयसँग मेरो जिज्ञासा छ । नेपालको भन्सार एजेण्टले किन काम पाउन सकेका छैनन् ?’ 

उहाँले नेपालको भन्सार एजेण्टले किन काम पाउन सकेका छैनन् ? भन्दै प्रश्नसमेत गर्नुभयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।