सहकारी रकम हिनामिना मुद्दाका फरार प्रतिवादी पक्राउ

Tuesday August 4, 2026

पढ्न लाग्ने समय :


सहकारी रकम हिनामिना मुद्दामा अदालतबाट दोषी ठहर भई कैद तथा जरिवाना सजाय सुनाइएका एक प्रतिवादीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सम्मानित जिल्ला अदालत कञ्चनपुरको २०८२ मंसिर २ गतेको फैसलाअनुसार सहकारी रकम हिनामिना मुद्दामा २ वर्ष कैद र ८ लाख ८७ हजार २ सय ७८ रुपैयाँ जरिवाना सजाय तोकिएका भीमदत्त नगरपालिका–१८ का ४१ वर्षीय सिद्धराज सोतीलाई सोमबार दिउँसो पक्राउ गरिएको हो।

फैसला कार्यान्वयनको क्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनलाई आफ्नै घरबाट पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका सोतीलाई अदालतको फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा पेश गर्ने तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।