सहकारी छानविन विशेष समितिले दिएको प्रतिवेदनको आधारमा कारबाही शुरु भएको छः मन्त्री गुरुङ

Sunday October 20, 2024

पढ्न लाग्ने समय :


सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमाथि शुरुवाती कारबाही शुरु भएको बताउनुभएको छ । आईतवार मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुले राखेको प्रश्नको जवाफ दिँदै उहाँले सरकारले समितिले बुझाएको प्रतिवेदनउपर शुरुवाती कारबाही शुरु भएको बताउनुभएको हो । उहाँले समितिको प्रतिवेदनअनुसार प्रतिवेदनले कारबाही गर् भनेका व्यक्तिहरुलाई पक्राउ गरिएको बताउनु भयो । उहाँले मन्त्रालय सम्हालेको सय दिनमा आफूले शतप्रतिशत काम सम्पन्न गरेको पनि बताउनु भयो । उहाँले यो अवधिमा सञ्चार मन्त्रालयलाई दिइएका १५ वटा जिम्मेवारीमा पूरा काम सम्पन्न गरेको बताउनु भयो । उहाँले राष्ट्रिय समाचार समितिलाई २४ घण्टा नै काम गर्ने व्यवस्था मिलाइएको र थप दुई वटा मातृ भाषा ( नेपाल र मैथिली) मा समाचार संप्रेषण गरेको, नेपाल टेलिभिजनलाई दिइएको एउटा मातृ भाषामा समाचार प्रशारण गर्ने दायित्वमा नेपाल भाषामा समाचार प्रशारण गरिएको जानकारी दिनुभयो । उहाँले २४ भाषामा समाचार भइसकेको रेडियो नेपालमा थप एक भाषा थप्नुपर्नेमा दनुवार भाषा थपिएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले सय दिनको हनिमुन पिरेड पार गर्दैछौँ । यो सय दिनभित्र नेपाल सरकारको तर्फबाट विभिन्न मन्त्रालयलाई दिइएको जिम्मेवारी कहाँकहाँ पूरा भएको छ भन्ने बारेमा अब रिपोर्ट कलेक्शन हुँदैछ । हाम्रो मन्त्रालयलाई १५ वटा जिम्मेवारी दिएको थियो । त्यसमा सबै जिम्मेवारी पूरा गरेका छाँै । १८ घण्टा काम गरेको राससलाई २४ घण्टा काम गर्ने बनाउ भनिएको थियो, त्यो हामीले बनाइसकेका छौँ । राससबाट थप दुई मातृ भाषामा नेपाल भाषा र मैथिली भाषामा पनि समाचार संप्रेषण गर्न भनिएको थियो, हामीले पूरा गरिसकेका छौँ । नेपाल टेलिभिजनलाई दिइएको एउटा मातृ भाषामा समाचार प्रशारण गरेका छौँ । नेपाल भाषामा । २४ भाषामा समाचार भइसकेको रेडियो नेपालमा थप एक भाषा थप भनिएको थियो, दनुवार भाषा थपिसकेका छौँ । एक हजार वटा अडियो रेकर्ड डिजिटलाइज गर्ने भनिएको थियो त्यो सम्पन्न गरिसकेका छौँ । गोरखापत्रबाट ४४ वटा भाषामा समाचार संप्रेषण गर्ने जिम्मेवारी दिएकोमा राना थारु भाषामा समाचार संप्रेषण र प्रकाशन गर्ने काम भइसकेको छ । ८ वर्षको गोरखापत्रको रेकर्डहरु डिजिटल अर्काइभिङ गर्ने काम पनि पूरा भइसकेको छ । सहकारीको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा छौँ हामी । प्रतिवेदनले औंल्याएका व्यक्तिलाई कारबाही गर्ने शुरुवात मात्रै भएको हो ।’
सञ्चारमन्त्री गुरुङले एक हजार वटा अडियो रेकर्ड डिजिटलाइज गर्ने भनिएकोमा सो काम पनि पूरा गरेको र गोरखापत्रबाट ४४ वटा भाषामा समाचार संप्रेषण गर्ने जिम्मेवारी दिएकोमा राना थारु भाषामा समाचार संप्रेषण र प्रकाशन गर्ने काम भइसकेको बताउनु भयो । उहाँले ८ वर्षको गोरखापत्रको रेकर्डहरु डिजिटल अर्काइभिङ गर्ने काम पनि पूरा भइसकेको बताउनु भयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।