सरकार र निजी क्षेत्र मिलेर आर्थिक सुधारमा लाग्नुपर्छः अर्थसचिव घिमिरे

Wednesday January 22, 2025

पढ्न लाग्ने समय :


अर्थ मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले सरकार र निजी क्षेत्रसँगै मिलेर आर्थिक सुधारमा लाग्नुपर्ने बताउनुभएको छ । बुधवार काठमाडौं ७३ औं भन्सार दिवसको अवसरमा नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै  सचिव घिमिरेले यस्तो बताउनुभएको हो । उहाँले सरकारले निजी क्षेत्रका मागहरुलाई सम्बोधनका लागि नीतिगत अफ्ठ्याराहरु सहज बनाउँदै लगिने बताउनु भयो । उहाँले सरकारले आर्थिक क्षेत्रमा देखिएका जटिलता अन्त्य गर्नका लागि विभिन्न अध्यादेश ल्याएको बताउनु भयो । उहाँले सरकारले निजी क्षेत्रको मनोवल उकासिने गरी काम गरिरहेको बताउनु भयो । उहाँले सुधार भएका ऐनहरुको कार्यविधि चाँडै बनाउने गरी काम भइरहेको बताउनु भयो । सरकारले ऐन मात्रै बनाउने भन्दा पनि कार्यान्वयनमा लैजाने गरी काम गरिरहेको बताउनु भयो । उहाँले भन्सारमा देखिएका समस्याहरुलाई पनि समाधान गर्ने गरी काम गरिरहेको बताउनु भयो ।

चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले भन्सार प्रशासन सुधारमार्फत व्यापार सहजीकरण गरिनुपर्ने बताउनु भयो । अध्यक्ष अग्रवालले भन्सार प्रशासन सुधार गर्दै सीमामा हुने चोरी पैठारीलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो ।  विश्व भन्सार संगठनबाट निर्धारित मूल्याङ्कन पद्धतिअनुसार भन्सारमा सन्दर्भ मूल्यलाई खारेज गरी कारोबार मूल्यलाई मान्यता दिनुपर्ने अध्यक्ष अग्रवालको भनाई छ । सबै प्रकारका हार्मोनिक कोडहरुमा अध्ययन पुनरावलोकन गरी १० डिजिटको हर्मोनिक कोड कायम गरिनुपर्ने अध्यक्ष अग्रवालले बताउनु भयो ।

चेम्बर अफ कमर्सले ७३ औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागका शाखा अधिकृत गोपालप्रसाद भट्टराईलाइ सम्मान गरेको छ । भन्सार विभागमा उत्कृष्ट सेवा प्रवाह गरेकाले भट्टराईलाई ७३ औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा सम्मान गरिएको चेम्बर अफ कमर्सले जनाएको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।