सरकारले रैथाने बालीको संरक्षण र विकासका लागि पहल गर्छः कृषिमन्त्री अधिकारी

Friday December 20, 2024

पढ्न लाग्ने समय :


कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले ग्रामिण क्षेत्रमा उत्पादन भएको रैथाने बालीहरु स्वास्थ्यका लागि उपयुक्त रहेको बताउनुभएको छ । शुक्रवार कृषि पत्रकारहरुको संस्थाले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले समय परिवर्तन भएपनि खानेकुरामा मानिसहरु रैथानेबालीमा आकर्षण बढेको बताउनु भयो । उहाँले पछिल्लो समय पुरानो रैथाने बालीहरु खाज्दै हिँडेको बताउनु भयो । उहाँले बाल्यकालमा आफू पनि कोदोको रोटी खाएर हुर्केको स्मरण गर्नुभयो ।

उहाँले भन्नुभयो,‘समय परिवर्तनसँगै खाने कुराहरुमा परिवर्तन भएका छौं । तर पछिल्लो समय पुरानो रैथाने बालीहरु खाज्दै हिँडेका छौं । गाउँमा उत्पादन भएका रैथानेबालीहरु स्वास्थ्यका लागि आवश्यकता रहेछ भन्ने महशुस हुँदै आएको छ । रैथानेबालीहरुको विकासका लागि मन्त्रालय सचेत छ ।’

उहाँले रैथाने बालीहरुको विकास र संरक्षणको लागि सरकारले पहल गर्ने बताउनु भयो । संस्थाले रैथाने बाली कोदोको विषयमा रिपोर्टिङ गर्ने ५ कृषि पत्रकारलाई सम्मान समेत गरेको छ । सम्मानित हुने पत्रकारहरुमा  लेखनाथ पोखरेल,ममता थापा, मदन पौड्याल, प्रशान्त खड्का, रवि थापा र सरिता थारु हुनुहुन्छ ।


भर्खर

सेती नदीमा फसेका ११ जनाको सकुशल उद्धार

डोटीः डोटीको दिपायल शिलगढी नगरपालिका–२ स्थित सेती नदीको बिच भागमा फसेका ११ जनाको सकुशल उद्धार

सुदूरपश्चिम विश्वविद्यालयको छैटौँ दीक्षान्त समारोह सम्पन्न

कञ्चनपुर : सुदूरपश्चिम विश्वविद्यालयको छैटौँ दीक्षान्त समारोह सम्पन्न भएको छ । शिक्षा तथा खेलकुद मन्त्री

धनगढीमा १० वर्षीय बालकको हत्या

धनगढीः धनगढीमा तीन दिनदेखि बेपत्ता बालक हत्या गरेको अवस्थामा फेला परेका छन्। बुधबार साँझदेखि बेपत्ता