सरकारले जनताको पक्षमा काम गरिरहेको छः सांसद बिसी

Sunday February 2, 2025

पढ्न लाग्ने समय :


राष्ट्रिय सभामा नेकपा एमोलकी सांसद सुमित्रा बिसीले सरकारप्रति शंका नगर्न आग्रह गर्नुभएको छ । आईतवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले सरकार जनताको पक्षमा काम गरिरहेको बताउनुभएको हो । उहाँले अध्यादेशका बारेमा धेरै कुराहरु उठेको उल्लेख गर्दै सरकारले संसद शुरु हुनु पहिला वा संसदको अन्त्य हुने बित्तिकै अध्यादेश ल्याउने कुरामा प्रश्न गर्न नहुने बताउनु भयो ।

उहाँले सरकारले आवश्यक परेको समयमा अध्यादेश ल्याउनसक्ने व्यवस्था संविधानले दिएको बताउनु भयो । सरकारले शोषित र पीडित जनताको पक्षमा काम गर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘अध्यादेशका बारेमा धेरै कुराहरु उठे । शुरुवातमा ल्याउने की अन्तिम भइसकेपछि ल्याउने भन्नेकुराहरु उठ्यो । यो संविधानको ११४ को धाराअनुसार संविधानले सरकारले अध्यादेश ल्याउन पाउने अधिकार दिएको छ । त्यो अधिकारलाई प्रयोग गरेर सरकारले आवश्यकता अनुसार ल्याएको अध्यादेशलाई जनताको पक्षमा हुनेछ । यसका बारेमा शंका नगर्न आग्रह गदछु । शहीदको बलिदानबाट आएको सरकार हो यो । यसले शोषित र पीडित जनताको पक्षमा काम गर्नेछ । यो सरकारप्रति शंका नगर्न आग्रह गर्दछु ।’
उहाँले विधेयक वा अध्यादेशबाट बनाइएका कानूनहरु जनताको पक्षमा हुनुपर्ने बताउनु भयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।