सरकारले अध्यादेशहरु राष्ट्रिय सहमतिको आधारमा पास गर्न चाहिरहेको छः सञ्चारमन्त्री गुरुङ

Wednesday February 12, 2025

पढ्न लाग्ने समय :


सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले संसदबाट अध्यादेश पास गर्नको लागि सरकारले राजनीतिक दलहरुबीच सहमति जुटाउने काम गरिरहेको बताउनुभएको छ ।  बुधवार मन्त्रालयमा मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै उहाँले संसदमा टेबुल भएका अध्यादेशहरु पारित गर्नको लागि सहमतिको प्रयास भइरहेको बताउनुभएको हो । उहाँले सरकार अध्यादेशहरुलाई राष्ट्रिय सहमतिको आधारमा पास गर्न चाहिरहेको बताउनु भयो । उहाँले अध्यादेशका बारेमा छलफल र सहमतिको प्रयास जारी रहेको उल्लेख गर्दै निष्क्रिय हुने वा पारित हुने भन्ने परिस्थिति बनि नसकेको बताउनु भयो । उहाँले संघीय संसदका दुवै सदनबाट बहुमतले पास हुने स्थिति बनेपछि मात्रै अध्यादेशको छलफल अगाडि बढ्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘अहिले हामीले ल्याएका सबै अध्यादेशहरु हामीले संसदमा टेबुल गरिसकेका छौं । यसमा पनि राजनीतिक दलहरुबीचमा सहमति हुनुप¥यो नि । अहिले त्यसको लागि सहमति जुटाउने कामहरु हुँदैछन् । हामी सकभर राष्ट्रिय सहमतिको आधारमा अध्यादेश पास गर्न चाहन्छौं ।  त्यसो भयो भने मात्र बहुमतको आधारमा जाने हो । अहिले यो विषय छलफलकै क्रममा रहेको हुनाले यो पास हुने भो अथवा फेल हुने भो भन्ने परिस्थिति बनिसेको छैन । हाम्रो संवैधानिक प्रावधानअनुसार संसदका दुवै सदनबाट पारित हुनुपर्ने छ । दुवै सदनबाट पास हुने कुराको सबै राजनीतिक दलहरुका बीचमा सहमति भएपछि अध्यादेशबारे छलफल अगाडि बढाउँछौं ।’
उहाँले प्रतिनिधि सभामा दर्ता भएको सामाजिक सञ्जालसम्बन्धी विधेयक सरकारले फिर्ता नलिने बताउनु भयो । उहाँले विधेयकका सम्बन्धमा आवश्यक निर्णय र संशोधन संसदले नै गर्ने भएको कारण फिर्ता लिने कुरा नभएको बताउनु भयो । उहाँले सामाजिक सञ्जालको नियमन जरुरी रहेको समेत बताउनु भयो । उहाँले सबै टेलिभिजन र रेडियाहरुलाई कानून लाग्ने अनलाइहरुलाई नलाग्ने हो ? भन्दै प्रश्न समेत गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सामाजिक सञ्जालसम्बन्धी विधेयकका सम्बन्धमा संसदले जे निर्णय गर्छ । जसरि विधेयक संशोधन गरेर ल्याउँछ त्यो संसदले नै गर्ने हो । अहिले उठेका सबै कुराहरुको पनि संसदमै छलफल हुन्छ । विधेयक फिर्ता लिने कुरा हुदैन । सामाजिक सञ्जाल साँच्चै नियमन गर्न जरुरी छैन त ? सबै टिभि र रेडियोहरुलाई नियम लाग्ने तर अनलाइन टिभिहरुलाई नियम र कानून नलाग्ने हो र ? यी सबै कुराहरुको पालना गराउनका लागि सामाजि सञ्जालसम्बन्धी कानून अत्यन्तै आवश्यक छ ।’
अनलाइन सञ्चार माध्यम र सामाजिक सञ्जालको नियमन जरुरी भएको कारण सरकारले विधेयक ल्याएको उहाँको भनाइ छ ।


भर्खर

नेपालकै पहिलो ई–वेस्ट प्रशोधन तालिम धनगढीमा सुरु

धनगढीः नेपालमै पहिलो पटक धनगढी उपमहानगरपालिकाले विद्युतीय फोहोर (ई–वेस्ट) व्यवस्थापन र प्रशोधन सम्बन्धी विशेष तालिमको

सुदूरपश्चिममा वनका समस्या समाधान गर्न कार्यदल गठन

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले वन उपभोक्ता समूहहरूको माग सम्बोधनका लागि कार्यदल गठन गरेको छ।

धनगढीमा वैशाख १८ गते हाफ म्याराथन प्रतियोगिता हुने

धनगढीः धनगढीमा हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ। धनगढी जेसिजको आयोजनामा आगामी वैशाख १८