सम्झौता अनुसार काम नगर्ने २५ निर्माण व्यवसायीलाई स्पष्टीकरण

Sunday April 12, 2026

पढ्न लाग्ने समय :


बैतडी : सडक डिभिजन कार्यालय बैतडीले सम्झौता अनुसार काम नगर्ने तथा निर्माण कार्यमा ढिलासुस्ती गर्ने २५ निर्माण व्यवसायीलाई १५ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।
कार्यालयले सार्वजनिक सूचना जारी गर्दै तोकिएको समय सीमाभित्र निर्माण कार्य सम्पन्न नगरेको, भौतिक प्रगति अत्यन्त न्यून रहेको तथा पटकपटक लिखित र मौखिक ताकेता गर्दा पनि बेवास्ता गरिएको जनाएको छ ।
उक्त अवस्थालाई गम्भीर रूपमा लिँदै सम्बन्धित व्यवसायीलाई अन्तिम चेतावनी समेत दिइएको छ ।सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२८ र ठेक्का सम्झौताका सर्त अनुसार ती ठेक्काहरू किन रद्द नगर्ने भन्ने विषयमा स्पष्ट जवाफ माग गरिएको कार्यालयले जनाएको छ ।
सूचना अनुसार सम्बन्धित निर्माण व्यवसायीहरूले १५ दिनभित्र कार्यालयमा उपस्थित भई विश्वसनीय स्पष्टीकरण सहित तत्काल निर्माण कार्य सम्पन्न गर्ने ठोस कार्ययोजना पेस गर्नुपर्ने छ ।
तोकिएको समयभित्र सन्तोषजनक स्पष्टीकरण नआएमा ठेक्का सम्झौता रद्द गरिने तथा सार्वजनिक खरिद ऐन अनुसार कालोसूचीमा राख्ने लगायतका कानुनी प्रक्रिया अघि बढाइने चेतावनी कार्यालयले दिएको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।