संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्र चलायमान हुँदैछः पर्यटनमन्त्री पाण्डे

Sunday January 12, 2025

पढ्न लाग्ने समय :


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई चलायमान बनाउने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ । आईतावर कामठमाडौंमा नेपाल होटल व्यवसायी महासंघको रजत जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सरकारले संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई चलायमान बनाउने गरी काम अघि बढाइरहेको दाबी गर्नुभएको हो । उहाँले नेपाल विविधतापूर्ण संस्कृति र प्रकृतिको देश भएकाले नेपालको पर्यटनको प्रचारप्रसारलाई तिब्र बनाउनुपर्ने बताउनु भयो । उहाँले नेपालको पर्यटकीय सम्भावना देखाउने माध्यम नागरिक उड्डयन क्षेत्र भएकाले हवाई उडानलाई सहज र सर्वसुलभ बनाउने गरी सरकारले काम गरिरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘विविधतापूर्ण संस्कृति र प्रकृति नेपालको छ । यसलाई सजिलो गरी देखाउने, छोटो समयमा धेरै देखाउनसक्ने माध्यम भनेको नागरिक उड्डयन क्षेत्र हो । हमी हेलिकप्टरबाट पनि जानसकौँ, जहाजबाट पनि जानसकौँ । विदेशबाट पनि हवाई सेवाबाट आउनसकौँ । हामीसँग जोडिएका संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई चलायमान बनाउने दिशामा हामी तत्परताका साथ लागिरहेका छाँै । हामी यही महिनामा के योजना छ भने हाम्रो विषयगत समिति छ । केन्द्रको मन्त्रीको अध्यक्षतामा संघ र प्रदेशका पर्यटनमन्त्रीहरु र स्थानीय तहसँग जोडिएको विषयगत समितिको बैठक बदैछौँ ।’

मन्त्री पाण्डेले पर्यटनसँग सम्बन्धित मन्त्रालय, सरकारी र निजी निकायहरुसँग समन्वय र सहकार्य गरेर माघमा सर्वपक्षिय सम्मेलन गर्ने जानकारी दिनुभयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।