संसद सेवालाई प्रभावकारी बनाउन सचिवालयका कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्न जरुरीः सभामुख

Friday December 13, 2024

पढ्न लाग्ने समय :


प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद सेवालाई प्रभावकारी बनाउनका लागि संसद सचिवालयका कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्न जरुरी रहेको बताउनुभएको छ । शुक्रवार सिंहदरबारमा १८ औँ संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संसद सेवालाई प्रभावकारी बनाउन कर्मचारीहरुको व्यवहारिक, प्राज्ञिक र दार्शनिक ज्ञान अभिवृद्धि गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले विश्वव्यापी रुपमा देखापरेका चुनौतिहरुको सामना गर्दै अगाडि जान सक्षम पार्नको लागि कर्मचारीहरुको वृद्धि विकास मात्र नभई रचनात्मक ढंगबाट परिचालन गर्न जरुरी रहेको बताउनु भयो । संघीय संसदको प्रभावकारीताको विषयमा विगतबाट पाठ सिकेर अगाडि बढ्न जरुरी रहेको बताउनु भयो । उहाँले देशको राजनीतिक, आर्थिक र सामाजिक स्थितिको सापेक्षता समस्याको मागहरु गर्नुपर्ने भएपनि त्यस्तो हुन नसकेको बताउनु भयो ।
उहाँले भन्नुभभयो,‘संसद सेवा प्रभावकारी बनाउनका लागि हाम्रा चुनौतिहरु पनि प्रसश्त रहेका छन् । ति चुनौतिहरुको सामना गर्नको लागि मुख्य गरिकन कर्मचारीभन्दा विशिष्टकृत ढंगबाट हामीले गर्नुपर्ने अनन्त कामहरु छन् । त्यका लागि हामीले कर्मचारीहरुको क्षमता वृद्धि गर्नुपर्ने आवश्यकता छ । चाहे प्राज्ञिक क्षमता होस् वा दार्शनिक क्षमताको कुरा होस् कि व्यवहारिक क्षमताको कुरा होस् । विश्वव्यापी रुपमा देखापरेका चुनौतिहरुको सामना गर्दै अगाडि जान सक्षम पार्नको लागि कर्मचारीहरुको वृद्धि विकास मात्रै होइन, शैक्षिक योग्यताको विकास गर्ने, यस क्षेत्रको अनुसन्धानात्मक ढंगबाट कामहरु गर्ने र यहाँ काम गरेबापत् उनीहरुले अरु कर्मचारीको तुलनामा अनुसन्धात्मक कामहरु गर्नेबारे हामीले सोच्न सकेका छैनौं । यी समस्याको मागहरु गरिरहँदा हामी राष्ट्रियताको सापेक्षतामै गर्छौं । देशको राजनीतिक स्थिति, देशको आर्थिक स्थिति, देशको सामाजिक स्थितिको सापेक्षतामा गर्छौं । तर त्यो सापेक्षतामा पनि हामी ध्यान आत्कृष्ट गर्न सकिरहेका छैनौं ।’

संसद जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने ठाउँ भएकाले मुलुकका विद्यमान समस्या समाधान गर्नको लागि संसद सचिवालयको प्रयत्न प्रभावकारी हुनुपर्ने उहाँको भनाइ छ । वि.सं. २०५८ मा स्वायत्त संसद सेवा गठन भएको स्मरणमा प्रत्येक वर्ष मंसिर २८ गते संसद सेवा दिवस मनाउने गरिएको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।