संसद भवन भत्काएर देखाउन मेयर साहलाई सांसद अमरेश सिंहको चुनौति

Monday February 10, 2025

पढ्न लाग्ने समय :


स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई संघीय संसद भवन भत्काएर देखाउन चुनौति दिनुभएको छ । सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो । उहाँले प्रमुख साहले कवाडी व्यवसायिमाथि दमन गरिरहेको उल्लेख गर्दै उक्त कार्य रोक्न सरकारको ध्यानाकर्षण समेत गराउनु भयो । उहाँले प्रमुख साह तानाशाह भएर निस्किएको उल्लेख गर्नुभयो । उहाँले मेयर साह नागरिलाई एकठाउँबाट अर्को ठाउँमा गएर बस्न पाउने संवैधानिक हकको विरुद्धमा लागेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘बालेनलाई म चुनौती दिन चाहान्छु, हिम्मत छ भने संसद भवन भत्काएर देखाउ, सिंहदरबार भत्काएर देखाउ, रामशाह पथको सर्वोच्च अदालत भत्काएर देखाउ । हिम्मत छ भने बालुवाटार र राष्ट्रपति निवास शितल निवास भत्काएर देखाउ । यो नाजीवादको शैली काठमाडौंको मेयरको चल्दैन । म संघीय सरकारलाई आग्रह गर्न चाहन्छु यो देश बहुभाषिक हो बहुधार्मिक हो । यहाँ हरेक तप्काको एक ठाउँबाट अर्को ठाउँमा जाने, बोल्ने र बस्ने स्वतन्त्रता संविधानले दिएको छ । यो त लथालिङ्ग देशको भताभङ्ग चाला, जहाँ जसले सके त्यहीले खाला भयो । यो न्याय मरेको देश हो ? के कानून नभएको देश हो ? त्यो मेयर किन तानाशाह भएर निस्किएको छ ?’
उहाँले प्रमुख बालेनलाई संसद भवनसँगै सिंहदरबार, सर्वोच्च अदालत, शिलतनिवास र बालुवाटर भत्काएर देखाउन चुनौती दिनुभयो ।


भर्खर

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ

कैलालीमा समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर : कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ