संसद गतिरोध अन्त्यका लागि प्रधानमन्त्री दाहाल र कांग्रेस नेताहरुबीच छलफल जारी

Sunday May 12, 2024

पढ्न लाग्ने समय :


काठमाडौं। संसदको जारी अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरुबीच छलफल सुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, कृष्णप्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक सहभागी छन्।

सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति गठनको माग गर्दै नेपाली कांग्रेसले संसद अवरुद्ध पार्दै आएको छ। तर संसदीय छानविन समिति गठन आवश्यक नभएको भन्दै सत्ता पक्ष आफ्नै अडानमा रहेपछि सहमति जुट्न सकेको छैन। सोही विषयमा सहमति खोज्न प्रधानमन्त्री दाहालले पहल लिएका हुन्।

संसदको बजेट अधिवेशनको पहिलो दिन कांग्रेसले संसदीय छानविन समिति गठनको माग गर्दै संसद अवरुद्ध पारेको थियो। सरकारले जेठ १ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरिरहँदा कांग्रेसले बैठक अवरुद्ध पार्ने संकेत दिएपछि प्रधानमन्त्री दाहाल सहमतिका लागि अग्रसर भएका हुन्।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।