संसदीय समितिद्वारा आगलागी भएको खानेपानी मन्त्रालयको अनुगमन

Sunday February 9, 2025

पढ्न लाग्ने समय :


संसदीय समितिले शनिवार आगलागी भएको खानेपानी मन्त्रालयको अनुगमन गरेको छ । आईतवार प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिले आगलागी भएको खानेपानी मन्त्रालयको मन्त्री प्रदीप यादवको कार्यकक्षको अनुगमन गरेको हो । अनुगमन, निरीक्षण पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै समिति सभापति दीपकबहादुर सिंहले आगलागीको बारेमा निरीक्षण गर्न समितिका सबै सदस्यहरु आएको र आगलागीले धनको क्षति भएको बताउनु भयो । उहाँले यस घटनाले सिंहदरबारभित्रका कार्यालयहरुको वायरिङदेखि सबै कुरामा जाँच गर्नुपर्ने र यस्ता घटना हुन नदिन पूर्वतयारीका काम गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘हामी आगलागी भएको निरीक्षण गर्न आएका हौँ । पूर्वाधार विकास समितिका सम्पूर्ण मान्यज्युहरु टिम नै आउनुभएको छ । यो घटनाले जनको क्षति भएन, धनको क्षति भएको छ । डकुमेण्टहरुमा केही पनि आगो लागेको छैन भनिएको छ । यो घटनाले सिंहदरबारभित्रका कार्यालयहरुको वायरिङदेखि लिएर पहिलादेखि नै हाइ अलर्टमा बस्नुपर्ने महशुस समितिले गरेको छ । अब वायरिङदेखि सबैलाई परीक्षण गर्न जरुरी रहेको आवश्यक देखेका छौँ ।’

उहाँले आगामी दिनमा पूर्वतयारीका साथ काम गर्न महशुस देखिएको उल्लेख गर्नुभयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।