संसदीय समितिको बैठकमा सांसदहरु नआएपछि बैठक सञ्चालनमा समस्या

Sunday January 12, 2025

पढ्न लाग्ने समय :


प्रतिनिधि सभाअन्तर्गतको अर्थसमितिका सभापति सन्तोष चालिसेले समिति बैठकमा गणपूरक संख्या नपुग्दा अफ्ठ्यारो परेको गुनासो गर्नुभएको छ । आईतवार सिंहदरबारमा बसेको अर्थसमिति बैठकमा भएको भन्सार ऐनका विषयमा सरोकारवाला निकायहरुसँगको छलफलमा समयमा सांसदहरु उपस्थित नहुँदा १५ मिनेटका लागि बैठक स्थिगित गरेर दोस्रो बैठक बसेको हो । बैठकपछि सांसदहरुसँग गुनासो गर्दै अर्थसमितिमा आएका विधेयकहरुको जिम्मा सभापतिको मात्रै नभएको भन्दै सबै सदस्यहरुको दायित्व भएको स्मरण गराउनु भयो । उहाँले चार दिनअघि बैठकको जानकारी दिँदा पनि एक तिहाई सांसद पनि बैठकमा उपस्थित नहुँदा बैठक सञ्चालनमा समस्या भएको गुनासो गर्नुभयो । उहाँले समयमा सांसदहरु बैठकमा जानकारी गराउने विषयमा सबै पार्टीका प्रमुख सचेतकहरुसँग छलफल गर्ने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,‘अर्थसमिति बैठक राख्दा कहिल्यै पनि गणपूरक सख्या नपुग्ने अवस्था सिर्जना भएको छ । सबै पार्टीको केन्द्रिय कमिटी बैठक भएकाले समिति बैठक रोकेर राख्यौं । चार दिनअघि बैठक बोलाउँदा पनि एक तिहाई पनि संसद बैठकमा उपस्थिति नहुने अवस्था सिर्जना भयो । सभापतिले मात्रै समितिको जिम्मा लिनु पर्ने हो की ? समितिमा रहेका विधेयकको विषयमा समिति सदस्यहरुको जिम्मेवारीभित्र नभएको जस्तो हो की मत अफ्ठ्यारो अवस्थामा छु । सबै पार्टीका प्रमुख सचेतकहरुसँग छलफल गर्ने पक्षमा छु ।’ 

उहाँले समितिमा अहिलेसम्म ५८ भन्दा बढी उजुरी परेको बताउनु भयो । उहाँले समितिले उजुरीको विषयमा उपसमिति बनाएर काम गर्नेगरी अघि बढेको बताउनु भयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।