संसदीय निर्वाचनमा २५ सिटको अपेक्षा गरेका छौं
पढ्न लाग्ने समय :
काठमाडौं । स्वतन्त्र उम्मेदवारी अभियानका संयोजक डम्बर साहुले आगामी संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारको कम्तिमा २५ सिट आउने अपेक्षा गरेको बताएका छन् ।
न्यूज नेपाल टेलिभिजनको कार्यक्रम संवादमा कुरा गर्दै साहुले दलहरुले जनताले अपेक्षा गरेअनुसार काम नगरेकाले आफूहरुले स्वतन्त्र अभियान सुरु गरेको बताएका हुन् ।
उनले स्थानीय तहको निर्वाचनबाट आफूहरु उत्साही भएको र संसदीय निर्वाचनमा कम्तिमा २५ सिट आउने अपेक्षा गरेको बताए । उनले आफूहरुको अभियानलाई निर्दलीय व्यवस्थाका रुपमा नबुझ्न पनि आग्रह गरे ।