संसदमा उठ्यो बुद्ध एयरको जहाज पाङ्ग्राबिनै काठमाडौं विमानस्थलमा अवतरणको विषय, जाँचबुझ आयोग गठन गर्न माग

Friday March 7, 2025

पढ्न लाग्ने समय :


राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले बुद्ध एयरको जहाज पाङ्ग्राबिनै काठमाडौं विमानस्थलमा अवतरण गरेको बारे जाँचबुझ आयोग गठन गर्न माग गर्नुभएको छ । बिहीवार अपरान्ह जनकपुरबाट उडेको बुद्ध एयरको एउटा जहाज पाङ्ग्राबिनै काठमाडौंको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । जनकपुरबाट काठमाडौं आएको उक्त जहाजमा पाङ्ग्रा नभएको चालक दलका सदस्यले थाहा नै नपाएको बुझिएको छ । उक्त जहाजमा ६२ यात्रु थिए । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा सांसद सिंहले यस्तो माग गर्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘बुद्ध एअरको पाङ्ग्रा खसेको थियो । र काठमाडौंमा एउटा पाङ्ग्रमा मात्रै ल्याण्ड गर्यो । यसको विषयमा छानविन गर्न जाँचबुझ आयोग गठन गरियोस् ।’
फरक प्रसंगमा बोल्दै उहाँले नेपाललाई समृद्धिको लागि धार्मिक तीर्थस्थलको प्रचारप्रसार गरी पयर्टक भित्र्याउनुपर्ने बताउनु भयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।