संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढिकरण आजको राष्ट्रिय एजेण्डाः गृहमन्त्री

Wednesday January 29, 2025

पढ्न लाग्ने समय :


गृहमन्त्री रमेश लेखकले संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढिकरण आजको राष्ट्रिय एजेण्डा रहेको बताउनुभएको छ । शहीद दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल सरकार प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा संविधानको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्नका निमित्त कटिवद्ध रहेको बताउनु भयो ।

उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका माध्यमले नै संविधानले परिकल्पना गरेको मुलुकमा दिगो शान्तिको स्थापना गर्ने मुलुकमा शान्ति स्थापना गर्ने, मुलुकमा विकास र समृद्धिको यात्रा अघि बढाउने दिशामा दृढतापूर्वक अघि बढेको बताउनु भयो । उहाँले एकतावद्ध भइ राष्ट्र निर्माणमा हातेमालो गर्न आह्वान गर्नुभयो । राष्ट्रिय एकता, समुन्नति तथा समाजमा सद्भाव कायम राख्दै अघि बढ्न जरुरी रहेको बताउनु भयो । लोकतन्त्रको रक्षा गर्दै शहीदहरुको बलिदानलाई सार्थक बनाउन जरुरी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढिकरण आजको राष्ट्रिय एजेण्डा हो । नेपाल सरकार सम्माननीय प्रधानमन्त्रीज्युको नेतृत्वमा यो संविधानको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्नका निमित्त हामी कटिवद्ध छौँ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका माध्यमले नै हाम्रो संविधानले परिकल्पना गरेको मुलुकमा दिगो शान्तिको स्थापना गर्ने मुलुकमा शान्ति स्थापना गर्ने, मुलुकमा विकास र समृद्धिको यात्रा अघि बढाउने, संविधानका जुन कल्पनाहरु छन्, त्यसलाई पूर्णता दिनका निमित्त हामी दृढतापूर्वक अघि बढेका छौँ ।’

गृहमन्त्री लेखकले शहीदहरुको देखाएको बाटोमा अघि बढ्दै सुशासन, स्थायित्व र समृद्धिको मार्गलाई सुदृढ गर्दै जानु सबैको कर्तव्य भएको बताउनु भयो । नागरिकको सुरक्षाको प्रत्याभुति गर्न, मुलुकमा शान्ति, स्थिरता तथा विधिको शासन स्थापना गर्न निरन्तर क्रियाशिल रहेको बताउनु भयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।