श्रोत नखुलेको ८३ लाख रुपैयाँसहित धनुषाबाट दुई जना पक्राउ

Tuesday July 5, 2022

पढ्न लाग्ने समय :


जनकपुरधाम । स्रोत नखुलेको ८३ लाखभन्दा बढी रकमसहित धनुषाबाट दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जनकनन्दनी गाँउपालिका ५ उदाह बस्ने ३६ वर्षीय ईश्वर मण्डल र १९ वर्षीय राजेश मण्डल रहेका सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गणले जनाएको छ । मंगलबार दिउँसो करिब सावा १ बजे धनुषाको जनकनन्दनी गाँउपालिका–१ ईनर्वा चेक प्वाईन्टको सीमा इलाकामा आलुको बोरामा ल्याउँदै गरेको ८३ लाख ६४ हजार ५ सय रुपैयाँ बरामद गरिएको हो ।

सशस्त्र प्रहरी निरीक्षक शम्भु कटुवालको कमाण्डमा खटेको प्रहरी टोलीले भारतबाट ज ७ प ५००७ नम्बरको मोटरसाइकलमा आलुको बोरामा राखेर आइरहेकामा शंकाको आधारमा चेक गर्दा स्रोत नखुलेको रकम बरामद भएको हो ।

प्रहरीले १ हजारको ७ हजार थान नोट, ५ सयको २ हजार ६९९ थान नोट, १ सयको १ सय थान नोट, ५० को १ सय थान नोट बरामद गरेको हो । आवश्यक अनुसन्धान तथा कारबाहीको लागि व्यक्ति, नगद र मोटरसाइकल जिल्ला भन्सार कार्यालय जनकपुरमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।


भर्खर

तीन वटा थप अध्यादेश जारी

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार एकसाथ तीन वटा अध्यादेश जारी गरेका छन। नेपाल सरकार

बैतडीको पञ्चेश्वरका सुकुम्बासीलाई लालपूर्जा वितरणको तयारी

बैतडी :  बैतडीको पञ्चेश्वर गाउँपालिकामा भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने तयारी अघि बढाइएको छ ।

धनगढीमा गाँजासहित पाँच जना पक्राउ

धनगढी : कैलालीको धनगढीबाट गाँजासहित पाँच जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर