तीन वटा थप अध्यादेश जारी

Saturday May 2, 2026

पढ्न लाग्ने समय :


काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार एकसाथ तीन वटा अध्यादेश जारी गरेका छन।
नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा शनिबार उनले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था र विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने सम्बन्धी अध्यादेश जारी गरेका राष्ट्रपति कायालयका प्रवक्ता रितेशकुमार शाक्यले विज्ञप्तिमार्फत् जानकारी दिए।
राष्ट्रपति पौडेलले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ र विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ शनिबार जारी गरेका हुन्।
राष्ट्रपति पौडेलले यसअघि सम्पत्ति शुद्धिकरण (निवारण अध्यादेश, २०८३, सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ र सहकारीसम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरिसकेका छन्।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यक्षदेश जारी गरेका हुन्।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।