धनगढीमा गाँजासहित पाँच जना पक्राउ

Saturday May 2, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको धनगढीबाट गाँजासहित पाँच जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १ टिकटक पुल क्षेत्रबाट उनीहरू पक्राउ परेका हुन्।

नेपाल प्रहरीले उनीहरूको साथबाट तीन ग्राम ६ सय मिलिग्राम चरेस र ३५ ग्राम हरियो गाँजा बरामद गरेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का ५६ वर्षीय शेरबहादुर चौधरी, धनगढी उपमहानगरपालिका वडा नम्बर १५ का ३० वर्षीय रामस्वरुप राना, कैलारी गाउँपालिका वडा नम्बर ५ का शिव चौधरी, कञ्चनपुरका २० वर्षीय रोशन राना तथा भारत लखिमपुर खिरीका २६ वर्षीय महोम दआसीप पक्राउ परेका हुन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय, कैलालीबाट खटिएको प्रहरी टोलीले फक्राउ गरेको हो।

 


भर्खर

धनगढीमा गाँजासहित पाँच जना पक्राउ

धनगढी : कैलालीको धनगढीबाट गाँजासहित पाँच जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर

कञ्चनपुरमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धनगढी : कञ्चनपुरमा टिप्परले मोटरसाइकललाई ठक्कर दिदा युवकको मृत्यु भएको छ । जिल्लाको दोधारा चाँदनी

युएईमाथि नेपालको रोमाञ्चक जित

काठमाडौँ : दीपेन्द्रसिंह ऐरीको शतकसँगै नेपालले आइसिसी विश्वकप लिग–२ मा संयुक्त अरब इमिरेट्स (युएई) माथि